सिमा लुट्ने मोदी अब कुन मुख देखाउन नेपाल आउला भन्दै सुरेन्द्र केसी जंगिए!अब नेपाली उर्लिने दिन आयो

काठमाडौँ । प्रा.डा. सुरेन्द्र केसी । इतिहासका प्रोफेसर । डा. केसीका अनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा हो । लिपुलेक त २०११ सालमैँ तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाका पालादेखि भारतले प्रयोग गर्न थालिसकेको थियो ।

राजा महेन्द्रले कालापानीमा भारतीय सेना २०१९ सालमा राख्न दिए । कालापानीमा २७ सालमा किर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेला भारतीय सेनाको अन्यत्र चेकपोष्ट हटेपनि त्यहाँ हटेनन् ।

त्यस यता त्यहाँको विवाद पटक पटक देखिँदै आएको छ । खाश कालापानी विवाद के हो ? के भारतले नक्सा सच्च्याउला ? कसको कारण यस्तो परिस्थिति उत्पन्न भयो ? यी र यस्तै विषयमा डा. केसीसँग गरिएको कुराकानी :