सुदन गैरेको नयाँ गीत ” कोहीको माया हिरा ” सार्वजनिक ( भिडियो )

के होला अब ? यो हेर्नुहोस ! बिगत लामो समय देखि नेपाली गीत संगीतमा क्रियाशील गायक सुदन गैरेले ” सानी ” बोलको म्युजिक भिडियोको सफलता पछि नयाँ गीत ” कोहीको माया हिरा ” सार्वजनिक गरेका छन।

नेपालीहरुको महान चाडबाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाई र परिवारजन संगको भेटघाटलाई नाच्ने गाउने रमाइलो बनाउनको लागि अमेरिकाबाट कोसेली स्वरूप गायक गैरेले नयाँ गीत सार्वजनिक गरेका हुन ।

यस गीतमा स्वर गायक सुदन गैरेको रहेको छ । किरण माइकलले गीतको शब्द लेखेका हुन भने किरणले नै गीतमा संगीत भरेका हुन । संजय हमालले गीतको संगीत संयोजन गरेका हुन ।

डान्सिङ प्याटर्नको भिडियोमा अन्जु र बिक्रम फ़िचर्ड छन। बिष्णु थापा मगर र श्याम कुमार रायमाझीले सयुक्त रुपमा भिडियोलाई कोरियोग्राफी गरेका हुन । भिडियोलाई छायांकन र सम्पादन फराज अर्पणले गरेका हुन। गणेश शाहीले भिडियो निर्देशन गरेका हुन । सुदन गैरेको अफ़िसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।