केही बर्ष पहिले तनहुँ जिल्लाको भानु नगरपालिकाको एक मन्दिरबाट घण्ट चोरी भयो । देबीको मन्दिरबाट घण्टा हराएपछि रात दिन बाघ कराउन थाल्यो र एक दिन पाँच जना सुतेकै ठाउँमा ठूलै मान्छेलाई खायो । त्यही दिन भानु नगरबासिका बयस्कहरुले याद गर्छन र भानुमा चितुवाले मान्छे खानुको पछाडी दैवी शक्ति भएको उनीहरुको बुझाई छ ।
भानुमा चितुवाको आक्रामणबाट ६ जनाको ज्यान गएपछि नरभक्षी चितुवा मार्नका लागी भएका प्रयासहरु असफल भए । पुराना बुढापाकाहरुले यो धर्म र पुजाआजामा समस्या भएका कारण देवीमाता बाघको रुप धारण गरि मान्छे खाएको बताए पछि स्थानीयहरु मिलेर देवीको पुजा धुमधामले गरेका छन् । धार्मिक मान्यता अनुरुप देबि रिसाएर बाघको रुप धारणा गरेर मान्छे खाएको भन्दै स्थानीयहरुले देबीको पुजा गर्नुपर्ने बताएपछि भानु नगरपालिकाको वडा नं १ र २ मा सोमबार भव्य रुपमा देबी पुजा भएको हो । भानु १ मा रहेको कालिकाको मन्दिरमा १० वटा बोकाको बली दिएर देवीको पूजा गरिएको वडाअध्यष प्रेम लामाले बताए ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2019/11/tiger-puja-new.jpg?resize=1440%2C720&ssl=1)