वरिष्ट पत्रकार प्रेम बानियाले समाज सेवी लेखीका ज्वाला संग्रौलाको प्रसंशा गर्दै यस्तो सम्म लेखे :

वरिष्ट पत्रकार प्रेम बानियाले आफ्नो फेसबुक वालमा समाज सेवी लेखिका ज्वाला संग्रौलाको प्रसंशा गर्दै लेख्नु हुन्छ :

‘प्रवासी इतिहास’कै महान यात्रा प्रारम्भ : जय स्वाभिमान ज्वाला Jwala Sangroula जी र टिम ! गर्व गर्दछु !

इतिहासमा यस्तो पनि भयो कि, स्वदेशमा छट्पइिरहेको एउटा स्रष्टालाई परेको संकट टार्न आज विश्वभर छरिएर रहेका परदेशिएका नेपालीहरुले आफ्नो पसिनाको भागवण्डा गरेर मद्दत गरे ! र, यसको नेतृत्व/संयोजन गरिन् यस समयको एक शक्तिशाली आवाज ज्वाला संग्रौलाले !!

धेरै धेरै बधाई र आभार ज्वालाजी, यो चानचुने ‘मुभ्मेण्ट’ होइन । धेरै धेरै धन्यवाद र आभार सम्पूर्णमा जस्ले आफ्नो पसिनाको भागबण्डा गरेर राष्ट्रको एक खास कलाकारलाई मद्दत गर्नुभयो । यसको सन्देश अकल्पनीय विशाल छ साथीहरु, हामी जहाँ भएपनि देशको माटो र यसमा फुलेका फूलहरुलाई सम्मान र कदर गर्दछौं मात्र यसको सन्देश होइन यो त मातृभूमिप्रतिको विशाल संकल्प र अठोट हो ! मलाई थाहा छैन आजसम्मको इतिहासमा यसरी परदेशिएका मानिसहरुले संसारभरबाट एक साथ एउटा स्रष्टालाई मनखुशी सहयोग गरेको । यसको अर्थ धेरै कोणबाट धेरै तवरले विशाल र फराकिलो छ र यसको मत्लव हामी परदेशिएकाहरु अब परिवर्तनको ज्वाला नै बन्ने हिम्मत राख्दछौंसम्म छ !

सोच्नुस् त जसले जिन्दगीभरी दुःखी, गरिब, गाउँवस्ती, झुपडी अनि तल्लो वर्गका भूईंमान्छेहरुको गीत गाएको छ । सर्वहारा मुक्तिको ज्वालामुखिजस्तो भएर जसले सगोल जिन्दगी फटाएको छ ! सिमलीका छायाँहरुको गीत गाएर भरिया र दुःखीहरुको मुक्ति खोजिरहेको एउटा स्रष्टा चरम आर्थिक अभावका कारण आफ्नो सन्तानको उपचार गर्न असमर्थ रहन्छ त्यस्तो वेला परदेशिएका सयौं मानिसहरु जुट्छन् र आफ्नो पसिनाको थोपा गनेर उसलाई सहयोग गर्दछन् !!!! यो कस्तो विशाल सत्य हो अनि यस्तो ‘मुभमेण्ट’ चलाउने ज्वाला संग्रौला कति धेरै धन्यवादको पात्र हुनुहुन्छ !!! साँच्चै, ज्वाला जी अनि टिम, यो दिन परदेशिएपछिको सवभन्दा खुशीको दिन हो मेरा लागि र म गर्व गर्दछु तपाईंहरुप्रति ।
जय स्वाभिमान !

ज्वाला संग्रौला लेख्नु हुन्छ :
मेरो फेशबुक सन्जालमा जोडिनु भएका सम्पुर्ण आदरणीय महानुभाव हरुमा मेरो हार्दिक नमस्कार साथै मीठो सम्झना ! तपाईहरुको माया हौंसला र प्रेरणाको फलस्वरूप जनगायक जीबन शर्माको छोराको जीबन बचाउँनको लागि हामीले सुरु गरेको आर्थिक सहयोग संकलन अभियान समाप्त भई त्यस्को अन्तिम अपडेट हजुरहरु समक्ष पेश गर्दै छु। हजुरहरुकै सक्रियता, मानवीय भावना तथा सहयोगी मनबाट स्वस्फुर्त रुपमा दिल खोलेर गरिएको सहयोग प्रति म र मेरो टिमका साथीहरु दिपा घिमीरे, एचबी ताम्राकार, गिरीजा गैरे र रबिन शर्मा प्रति हार्दिक आभार ब्यक्त गर्दछौं। अभियान कस्ले चलायो भन्दा पनि सहयोग कस्ले गर्यो भन्ने चाहिँ महत्वपूर्ण कुरा हो। किनकी सहयोगी मनहरु बेगर अभियानकर्ताहरुको केहि अर्थ हुन्न । यस मानेमा हजुरहरु ज जस्ले आर्थिक सहयोग गरिदिनु भएको छ, हजुरहरुलाई मुरी मुरी धन्यबाद साथै आर्थिक सहयोगको अलावा हाम्रा सहयोगी पोस्टहरुलाई चारैतिर सेयर गरी सहयोगी दातासम्म पुर्याएर हामीलाई निरन्तर उर्जा प्रदान गर्नुहुने हाम्रा नैतिक समर्थक मित्रहरुलाई त झन् धेरै धन्यबाद!

यो अभियानसम्म आईपुग्दाको मेरो सानो अनुभव पनि सेयर गर्दै छु। अहिलेसम्म हाम्रो टिमले जम्मा चारवटा अभियान चलायो र यो अभियान सम्म आईपुग्दा प्रायजसो निरन्तर उहि पुरानै सहयोगी दाताहरु सहयोग गर्न आईपुग्नु भयो। मैले कतिपय सहयोगी दाताहरुलाई त लाजले भयो अब सहयोग नगर्नुस् धेरैचोटी गरिसक्नु भएको छ सम्म पनि भनें तर वहाँहरुले जबाफमा भन्नुभयो कि “यदि तपाईहरु ग़लत आचरणको या कसैको नाममा पैसा उठाएर खाने जस्तो भैदिएको भए किन यसरी घरीघरी सहयोग गर्न आईन्थ्यो र? तपाईहरुले देखाएको प्रस्ट ब्यबहार र पारदर्शिताले नै यसरी पटक पटक तपाईँहरु समक्ष तानेर ल्याईदिएको छ। तपाईँहरु मार्फत सहयोग गर्न पाउँदाको खुसी र सन्तुस्टी नै फरक छ! “

धन्यबाद सम्पुर्ण सहयोगी मनका धनीहरुलाई जस्ले हामीमाथि यति ठूलो बिश्वास र भरोसा राख्दिनु भयो, फलस्वरूप यो अभियानको छोटो दौरानमा नै निक्कै ठूलो रकम जम्मा भयो। October 19 बाट सुरु गरेको अभियान October 29 मा नै समाप्त गरियो । जस्मा जापानबाट 266,128 (दुईलाख छैसठ्ठी हज़ार एकसय अट्ठाईस) येन उठ्यो , जुन पैसा आज हामीले नेपाल पठाईसक्यौं । त्यो पैसा आजको रेटमा नेपाल पठाउँदा 274,617 (दुईलाख चौहत्तर हज़ार छ सय सत्र ) रुपैया भएर संकलन भएभन्दा बढि नै पुगेको छ! उता नेपालमा 306,927(तीनलाख छ हज़ार नौसय सत्ताईस) रुपैया जम्मा भएको छ।

सबै मिलाएर कुल रक़म 581,544 ( पाँचलाख एकासी हज़ार पाँचयस चौवासील) रुपैया जम्मा भएको छ! यति छोटो समयमा यति राम्रो रकम उठ्नु चानचुने कुरा होइन । यो सबै हजुरहरुले हामीजस्तो सानो मान्छेलाई गरेको भरोसा र बिश्वासको प्रतिफल हो। यो हजुरहरुको हामिप्रतिको सद्भाव र बिश्वास कहिले पनि तोड्ने छैनौ भन्ने बाचा गर्दै उठेको एकमुस्ट रकम अब २ दिनभित्र जनगायक जीबन शर्मालाई हस्तान्तरण गर्ने छौं! हजुरहरु सबैलाई धेरै धेरै धन्यबाद र बिशेष धन्यबाद नागरिक समूह नेपालका अध्यक्ष आदरणीय Humagain Nigam दाईलाई , जस्को स्टाटस मैले मेरो वालमा सुचना स्वरुप राखेकी थिएँ र त्यसपछि बिश्वभरबाट मलाई अभियान चलाउनु हामी सहयोग गर्छौं भन्ने हजारौ म्यासेज आएका थिए! त्यसैगरि निरन्तर हौसला दिनुहुने आदरणीय मनोज Manoj Gajurel सर, जो रास्ट्रकै गहना हुनुहुन्छ, वहाँलाई पनि हाम्रो सम्मान छ।

त्यसैगरि बौदिक ब्यक्तित्व आदरणीय केदार दाहाल सर, बरिश्ठ पत्रकार Binod Tripathi सर, बरिष्ठ समाजसेवी इशा गुरुङ दिज्यु शरिन ख्युङ्वा तामाङ , सबु सुनुवार दिज्यु , Hem Thapa दादा , Narayan Dhital सर, Ram Babu Sewan सर , Tika Adhikari sir,Krishna Thapa dadaलगायत हामीलाई साथ र समर्थन दिनुहुने , Bini Gurong, महेश मिश्र, राजन श्रेष्ठ नेवार, सुगन दादा, Sunita Chamling Rai, Kiran Rokaya, Kiran Neupane, Monicaa Nagarkoti , Kavir KC, Pahal NG Namrata Wagle, Surya Giri,Arjun Lamsal, Samundra Shrestha, Shiva Tandukar , Umesh Giri, Deep Pathak, Jack Khadka Gokarna Nepali , Arjun Bhusal,Santosh Limbu , Sujan Limbu , Junu Karki, Hari Carkey ,Devraj Kunwar, नवीन उत्सव, Samragyee Sharma,Rupak Saud, Suman Phuyal, Baba John , Ram Dutta Joshi, Jerry Tamrakar , Prajeeta Dangal , Uday Rajvanshi, Kamal Deep Bharati, Ambika Kandel , Pradip Pandey,केशब कान्छो लगायत नाम उल्लेख गर्न छुटेका हजुरहरु सबैलाई फेरिपनि हार्दिक नमन! हाम्रो पैसा छिटो छरितो र भरपर्दो तरिकाले नेपाल पठाउन सहयोग गरिदिने Easylink Remittance परिवार प्रति पनि हार्दिक आभार ब्यक्त गर्न चाहन्छौं..!

पारदर्शिताको लागि फेरिपनि सहयोगी दाताहरुको नाम र रकमको फाईनल रेकर्ड प्रस्तुत गर्दै छौं।कहिँ कतै सहयेगीको नाम र रकम छुट्यो या टाईप मिस्टेक भेटियो भने कमेन्ट गरिदिनुहोला!