ज्ञानेन्द्र शाहीलाई भालाले घोंचेर मार्न खोज्नु राणा शासन भन्दा पनि भयानक भएको डा. सुरेन्द्र केसीको आरोप(भिडियो अन्तरवार्ता )

प्रचण्डप्रति खनिए डा. सुरेन्द्र केसी, ज्ञानेन्द्र शाहीलाई भालाले घोंचेर मार्न खोज्नु राणा शासन भन्दा पनि भयानक भएको आरोप(भिडियो अन्तरवार्ता )
काठमाडौं– प्राध्यापक डा. सुरेन्द्र केसीले आउने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । डा. केसीले आउने निर्वाचनमा उम्मेदवार बनेर देखाउने नेकपा अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् ।

उनले अहिलेका नेताहरुको कार्यशैली आफ्नो परिवार र आफन्तका लागि मात्रै भएको भन्दै कुनै पनि राजाले त्यस्तो नगरेको दाबी समेत गरे । डा. केसीले भने, ‘प्रचण्डको गृह जिल्ला चितवनमा ज्ञानेन्द्र शाहीलाई भालाले घोंची घोंची मार्ने प्रयास गरियो, के यस्तो पनि गणतन्त्र हुन्छ ? यस्तो त राणा शासनमा पनि हुँदैनथ्यो ।’ डा. केसीले पछिल्लो समयमा प्रचण्डले भने जस्तै बद्नाम भएकोमा सहमति समेत जनाए ।

पछिल्ला घटना हेर्दा आफूलाई समेत चितवन जान डर लागेको डा. केसीको भनाइ छ । उनले चितवनका पछिल्ला घटना क्रमले प्रचण्डकै राजनीति प्रत्युद्पादक भएको प्रष्ट पारे । उनले अहिलेका राजनीतक दलका नेताहरुको कुनै लेवल समेत नभएको प्रष्ट पारे । उनले छोरीलाई मन्त्री, मेयर बनाउने, आफन्तलाई पद बाँड्नेहरुबाट के आशा गर्ने भनेर प्रश्न समेत गरे ।