साप्ताहिक राशिफल ; २०७६ साल कार्तिक १७ गते देखि २३ गते सम्म

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) – ९८४२२१९७३५

सर्वप्रथम यो साता भित्र पर्ने मुख्य पर्व तथा दिनहरु
कार्तिक १७ गते – रविसप्तमी व्रत, रुद्रिपुजा शिववास जुरेको दिन छ । कार्तिक १८ गते – अष्टमी व्रत, गोरखकाली पुजा, गोपाष्टमी, मुखअष्टमी, अग्नीवास होमादीकार्य जुरेको दिन छ कार्तिक १९ गते – बैतडी सिलङ्गा महारुद्र कोटिहोम मेला, अग्नीवास होमादीकार्य जुरेको दिन छ । कार्तिक २० गते – कुष्माण्डनवमी, हेटौंडा कुष्माण्ड सरोवर मेला, रुद्रिपुजा शिववास जुरेको दिन छ। कार्तिक २१ गते – बलम्बु महाँलक्ष्मी यात्रा, धादिङ् फुलखर्क गंगा जमुना मेला, अग्नीवास होमादीकार्य जुरेको दिन छ । कार्तिक २२ गते – हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्मपञ्चाकरम्भ, बराहक्षेत्रमा धार्मीक मेला आरम्भ, खोटाङ बराहपोखरी मेला। कार्तिक २३ गते – शनिप्रदोष व्रत, चाँगुनारायण अखण्डदीप दर्शन, रुरुरिडी क्षेत्रमा हृषिकेश रथ यात्रा। रुद्रिपुजा शिववास, अग्नीवास होमादीकार्य जुरेको दिन छ ।

अब शुरु गरौं साप्ताहिक राशिफल बाट : यो साता चन्द्रमा ले मुख्य गरि कार्तिक १७ गते बिहान ९ बजेर ०३ मिनेट सम्म धनु राशि , त्यसपछि १९ गते सम्म मकर राशि, २० र २१ गते सम्म कुम्भ राशि र २२ र २३ गते मिन राशिको भ्रमण गर्नेछन ।
चन्द्रमा का साथै अन्य ग्रहहरुकोे अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको हो ।

मेष राशि – मेष राशिका लागि साताको शुभ रहने देखिन्छ । साताको शुरुवातमा भाग्य स्थानमा चन्द्रमा को गोचर रहने हुनाले हरेक कार्यमा भाग्यले साथ दिनेछ । कुनै पनि कार्यमा तपाई को साहस र पराक्रम बढ्नेछ । व्यापार व्यावसायमा सामान्य उतारचढावहरु देखिन सक्नेछन । तरल पदार्थ हरु जस्तै दुध, फलफुल जस्ता पेय पदार्थको कारोबार बढि फाईदाजनक देखिन्छ । यो साता प्रेम तथा पारिवारिक जिवन उत्तम रहनेछ । विद्यार्थीको पढाईमा मन जानेछ । प्रतियोगितात्मक परिक्षामा सफलता मिल्नेछ । शुक्रबार र शनिबार भने तुलानात्मक रुपमा कमजोर दिन हरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ नम शिवाय मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

वृष राशि – वृष राशिका लागि यो साता शुरुमा अष्टम स्थानमा चन्द्रमा को गोचर रहने हुनाले स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । ईज्जत प्रतिष्ठामा आँच आउन सक्नेछ । । अनावश्यक क्षेत्रमा धन खर्च हुन सक्नेछ । सामबार देखि भने भाग्यले साथ दिंदै जानेछ ।। व्यापार व्यावसाय बाट राम्रो फाईदा हुनेछ । साथिभाईको साथ र सहयोग ले मन प्रसन्न रहनेछ । प्रिय मित्रहरु सँग भेट गरि रमाइला पलहरु बिताउन सक्नुहुनेछ । यो साता आम्दानी बढ्नेछ । परिवार मा मेल मिलाप र शान्ति कायम हुनेछ । विद्यार्थीका लागि हेर्दा आफुलाई समस्या भएको विषयमा साथि बाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी जय महाँकाली मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

मिथुन – यो साता मिथुन राशिका व्यक्तिका लागि सप्तम भावमा चन्द्रमा को प्रभाव रहने हुनाले पारिवारिक जिवन उत्तम रहनेछ । विशेषगरि आफ्नो जिवन साथि सँग महत्वपुर्ण विषयमा छलफल हुने छ भने घनिष्ठता अझै बढ्नेछ । यो साता कुनै नयाँ योजना बनाई लागु गर्न सक्नुहुनेछ । आर्थिक अवस्था सबल रहनेछ । तपाईबाट उधारोमा सामान लग्ने ले पैसा चुक्ता गर्नेछन । । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । आफ्नो परिवार बाट सानो सानो कुरामा पनि चासो र सहयोग रहनेछ । तुलनात्मक रुपमा सोमबार र मंगलबार भने कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ । आर्थिक अवस्था मा उतारचढाव रहनेछ । व्यापार व्यावसायमा विरोधिहरु नै बलवान देखिने छन। आफुले सोचे जस्तो व्यापार मा प्रगति गर्न सहि योजनाका साथ परिश्रम आवश्यक छ । बिरोधि हरुले तपाईका विरुद्ध षडयन्त्र रच्न सक्नेछन । तर परिवारको साथ र सहयोग ले आत्मविश्वास भने कायम नै रहने छ । परिवार मा मेलमिलाप र एकता कायम हुनेछ । प्रेमीहरुका लागि यो साता मिश्रित रहनेछ सामान्य विवाद पर्न सक्नेछ । अध्ययन कार्य सफल रहनेछ । साताको अन्त्य तिरका दिनहरु शुभ रहनेछन । बुधबार र बिहिबार तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ बृम बृहस्पतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

सिंह राशि – सिंह राशि लाई यो शाता शुभ रहेको छ । कुनै नयाँ योजना बनाई अगाडी बढ्न सक्नुहुनेछ । तपाईको बौद्धिकता को उच्च कदर हुनेछ । आम्दानीका नयाँ स्रोत हरु देखिनेछन । त्यसैले आर्थिक अवस्था सबल रहनेछ । नयाँ क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । साथिभाई एवं परिवार सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । बिशेष गरि शुक्रबार र शनिबार का दिन भने तुलानात्मक रुपमा कमजोर रहनेछन । अनावश्यक खर्च बढ्ने र स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कन्या राशि – कन्या राशिका लागि यो साता शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले विभिन्न समस्याहरुको सामना गर्नु पर्ने देखिन्छ । आफ्नो स्वास्थ्य कमजोर हुने एवं मातापिताको स्वास्थ्यमा समेत समस्या देखिन सक्नेछ । आफ्नो खान पान र आहार विहार मा विशेष ध्यान दिनु होला । सोमबार देखि भने अवस्था सुधार हुँदै जानेछ । सन्तान बाट सुख प्राप्त हुनेछ । कार्यस्थलमा सहकर्मी बिच सद्भाव र सहयोग आदान प्रदान हुनेछ । आर्थीक अवस्था मिश्रित रहनेछ । यो साता साग सब्जि तथा तरल पदार्थ सँग सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ। प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । आफ्नो जिवन साथि बाट उचित साथ र सहयोग प्राप्त हुनेछ । पढाई कमजोर हुनाले विद्यार्थी ले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ कुल देवताय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता शुभ रहेको छ । नयाँ परिवेशमा कार्य गर्ने अवसर जुट्नेछ । नयाँ व्यक्तित्व सँग परचय भई घनिष्ठता बढ्न सक्नेछ । साथीभाई सँग कुनै रमाईलो यात्रामा जाने योग छ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । यो साता ईज्जत र प्रतिष्ठा बढनेछ । विद्यार्थीको पढाईमा यो साता महत्वपुर्ण सुधार हुने देखिन्छ । आफ्ना प्रतिस्पर्धिलाई राम्रो अंक ल्याएर जित्न सक्नुहुनेछ । यो साता व्यापार व्यावसाय मा प्रतिफल युक्त साता रहनेछ । नोकरी गर्नेहरुका लागि पनि शुभ समय रहनेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । सोमबार भने तुलनात्मक रुपमा कमजोर दिन रहनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता उत्तम रहेको छ । सामाजिक एवं बौद्धिक क्रियाकलाप बाट तपाईको ईज्जत र प्रतिष्ठा बढ्नेछ । यो साता विशेष गरि आफ्ना सन्तान एवं आफु भन्दा कनिष्ठ व्यक्तिको साथ र सल्लाह महत्वपुर्ण सावित हुनेछ । साझेदारीका कामर्य बाट मनग्ये आम्दानी हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । साथि भाई बाट उचित सहयोग प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी श्री गणेशाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

धनु राशि – साताको शुरुवातमा चन्द्रमाको गोचर शिरमा पर्ने हुनाले रहने हुनाले आत्मबिश्वास उच्च रहनेछ । उच्च पदस्थ व्यक्तित्वले तपाँइको प्रशंसा गर्नेछन । धन आर्जन हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । विशेष गरि सौन्दर्य सँग सम्बन्धित सामाग्रीको व्यापार व्यावसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवार मा मेलमिलाप कायम रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । अध्ययन कार्यमा साथीको सहयोग प्राप्त हुनेछ । समग्रमा शुभ भएपनि आत्मविश्वास बढि भएर अरु ले घपण्डी भन्न सक्नेछन । आफ्नो बोली र व्यावहार मा सजग रहनुहोला । शुक्रबार र शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन हरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ सोम सोमाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

मकर राशि – यो साता तपाँईको साताको शुरुवात बाहौं भावको चन्द्रमा बाट हुनेछ । जसका कारण अनावश्यक खर्चको मात्रा बढ्न सक्नेछ । धेरै दौडधुप गर्दा पनि काम नबन्नाले नैराश्यता बढन् सक्नेछ आईतबार का दिन रकम सापटि दिनु भएमा रकम फिर्ता आउन ढिला हुनेछ तर सोमबार देखि भने अवस्थामा सुधार हुनेछ े आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ ।आर्थीक अवस्था सबल रहनेछ । सब्जी तथा कृषि सम्बन्धि सामाग्रीको यापार व्यावसाय बढि लाभदायक हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । आफ्नो प्रेमीको हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । कुनै नयाँ कार्यको शुरुवात गर्न सक्नुहुनेछ । विद्यार्थिको पढाईमा मन जानेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी लक्ष्मीमाताको को पुजा आराधना गर्नु शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि यो साता उत्तम रहेको छ । यो साता नोकरी मा सफलता मिल्नेछ । सहकर्मी साथि सँग रमाईलो वातावरण मा कार्य गर्ने अवसर जुट्नेछ । यो साता बौद्धिक क्रियाकलाप बाट ईज्जत र प्रतिष्ठा प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोतहरु देखापर्नेछन । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्ना सुख दुखका क्षणहरु मा प्रेमिको साथ रहनेछ । सोमबार र मंगलबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

मिन राशि – मिन राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर कर्म भावमा रहने हुनाले तपाँइका लागि यो साता महत्वपुर्ण साबित हुन सक्नेछ । धन आर्जन हुने र खर्चको मात्रा पनि घट्ने देखिन्छ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । बैदेशिक क्षेत्र सँग सम्बन्धित कारोबार बाट प्रशस्त लाभ हुनेछ । आफ्नो माता पिता को आशिर्वाद लिएर कुनै पनि कार्य गर्नु भएमा सफलता प्राप्त हुनेछ । यसले परिवार मा आपसी सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्नेछ । । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । आफ्नो प्रेमि सँग कुनै नयाँ ठाउँमा भ्रमण का लागि जाने योग छ । बुधबार र बिहिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन । विशेष गरि आर्थिक कारोबार मा गिरावट आउन सक्नेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।