अन्जुले बिक्रमलाई दिईन धोका ( भिडियो )

गीतकार प्रलाद शाहले आफ्नो बिल्कुलै नयाँ गीत ‘ सुन्छु हल्ला बजारमा ‘ सार्वजनिक गरेका छन । निरन्तर रुपमा छोटो समयमा छिटो छिटो आफ्ना विभिन्न स्वादका गीत संगीत प्रस्तुत गरेर दर्शक श्रोताको मन जित्न सफल गीतकार शाहका यसअघि धेरै गीतहरु लोकप्रिय भैसकेका छन ।

यसपटक गीतकार शाहले केहि फरक गर्ने प्रयास स्वरूप सेण्टिमेण्टल भर्सनको गीत ‘ सुन्छु हल्ला बजारमा ‘ बोलको गीत सार्वजनिक गरेका हुन। साचो माया गर्ने प्रेमीको प्रेम तोडेर अर्कै संग माया गासेको कुरा गीतमा उल्लेख छ । गीतमा कुनै दिन फेरी जिन्दगी बदलिनेछ भन्ने आशा प्रेमीले राखेको सुन्न सकिन्छ ।

बिरहका शब्द बोकेको यस गीतमा गायक सुरेश लामाको मार्मिक स्वर सुन्न सकिन्छ । गीतका मनछुने शब्द प्रलाद शाहले लेखेका हुन ।गीतमा मिठो संगीत भर्ने काम कल्याण सिंहले गरेका हुन । गोपाल रसाइलीको उत्कृस्ट संगीत संयोजन गीतमा रहेको छ ।

अन्जु र बिक्रम फिचर्ड भिडियोलाई फराज अर्पणले छायांकन तथा सम्पादन गरेका हुन । गणेश शाहीको निर्देशनमा भिडियो तयार भएको हो । इन्दिरा लामिछाने शाह प्रस्तुतकर्ता रहेको भिडियोलाई भाकाघर नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।