फेसियल हाउसमा रक्षा नेपालको देउसी भैली कार्यक्रम

काठमाडौं, १० कार्तिक – रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ । सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती एबम बालिकाको टोलीले अाइतबार देउसी भैली खेलेको हो ।

सो अवसरमा भैलेनीहरुले नेपाली सांस्क्रितक एबम मौलिक गीतमा निर्त्य गर्नुका साथै देउसी भट्टाएका थिए । उक्त प्रस्तुतीलाई फेसियल हाउसकी प्रबन्ध संचालक एबम् बरिस्ठ सौन्दर्यविद् सुश्मा महरा, युवा उधमी तथा कर्पोरेट ग्रुपका अध्यक्ष उज्ज्वल जङ शाह, कर्पोरेट म्यागाजिनका सम्पादक सरोज ओझा, न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्ट, स्व राजा विरेन्द्र शान्ति प्रतिस्ठानका अध्यक्ष शिवहरि खनाल, फेसियल हाउसका कर्मचारी लगायतले हेरेका थिए ।