बिष्णु माझीको जस्तै स्वर भएका कारण स्टुडियोमा गीत गाउन समेत् प्रतिबन्ध लगाईएकी गायिका लक्ष्मी परीयारको “मकै र भट्ट” कस्तो बनेछ त् ? भिडियो

स्कटनेपाल डटकम यूके।

कुनै समयमा चर्चित लोक दोहोरी गायिका बिष्णु माझीको जस्तै स्वर भएका कारण स्टुडियोमा गीत गाउन समेत् प्रतिबन्ध लगाईएकी गायिका लक्ष्मी परीयार आजभोली चर्चाको शिखरमा छिन्। आफ्नो सुमधुर स्वर बाट आम दर्शक श्रोताहरुको मन् मुटुमा बस्न सफल यी गायिकाले भर्खरै मात्र फेरी अर्को लोक दोहोरी एल्बम “मकै र भट्ट” बजारमा लिएर आएकी छिन्। जुन् एल्बममा स्वर रहेको छ गायक, रमेश बिक्रम रत्न र लक्ष्मी परीयारको।लय शब्द रमेश बिक्रम रत्न कै छ भने अभिनय पनि रमेश बिक्रम रत्न र चर्चित मोडल अञ्जली अधिकारीको रहेको छ। बिस्तारै बिस्तारै चर्चा बटुल्दै गरेको यो एल्बमलाई बजार ब्यबस्थापन गरेको छ RNmusic pvt ले।

सुमुधुर स्वरकी धनी गायिका स्कटनेपाल रोधीघरमा समेत सर्जक / रचनाकार नीलमणि भण्डारी संग पनि दोहरी टक्करमा परेकी समेत छिन । हेर्नुहोस उनै लक्ष्मी परियार को अहिले भर्खरै सार्बजनिक भएको मकै र भट्ट कस्तो बनेछ त् ?

भिडियो :