एसियाकै ठूलो शालीग्राम अचम्मको ढुङ्गा, जहाँ रातको समयमा भित्रबाट गाई कराएको आवाज आउँछ (भिडियो सहित)

तीन जिल्लाको संगम स्थलमा रहेको एसियाकै ठूलो शिला शालीग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। गुल्मी, स्याङजा र पर्वतको संगम स्थलमा रहेको शालीग्रामलाई कालीगण्डकी नदीको कटानले जीर्ण बन्दै गएको हो। भगवान विष्णुको अवतारको रुपमा रहेको शालीग्रामलाई नदीले कटान गर्दै लगेको र संरक्षणमा तीनै जिल्लाका स्थानीय सरकारहरुले केही चासो नदेखाएको स्थानीय केशवराज न्यौपाने बताउँछन्। यता, स्याङजाको गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले भने शालीग्राको संरक्षणमा कसैको चासो नगएको भन्नेमा सत्यता नभएको बताउँछन्।

राति शंख र घन्ट बज्छ

शालीग्रामभित्र रातको समय शंख, घन्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीका चन्द्रकान्त न्यौपानेले बताउँछन्। उनका अनुसार त्यस शिलाभित्र सुन रहेको भन्ने भनाइ पनि छ। राजा महेन्द्रका पालामा त्यस शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको यस क्षेत्रका वृद्धवृद्धाहरु बताउँछन्। यस शालीग्रममा आएर पूजा गरेमा इच्छाएका कुार पुग्ने विश्वास छ। यस क्षेत्रमा नेपालका साथै भारतका भक्तजनहरु पूजाआजा गर्न आउन पूजारी हरि पराजुलीको बताउँछन्। यहाँ विशेषगरी कात्तिक एकादशी, मकर संक्रान्ती, नयाँवर्ष, असारे ठूली एकादशीमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ।  भिडियो हेरी प्रचार सहयोगको लागी एक सेयर सबैले गर्नूहोला ।