रवि माथिको प्रतिवन्ध फुकुवाः पुडासैनी प्रकरणबारे बोल्न पाउने यस्तो भएछ निणर्य (भिडियो सहित)

पत्रकार शालिकराम पुडाशैनी प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ । विहीबार उच्च अदालत हेटौँडाले रवि लामिछानेमाथि विदेश घुम्न र पुडाशैनी प्रकरणबारे खुलेर बोल्न र कार्यक्रम प्रस्तुत गर्न पाउने निर्णय गरेको हो ।

चितवन जिल्ला अदालतको धरौटीबारेको आदेशलाई कायम गर्दै अन्य आदेशलाई भने बदर गरेको छ । उच्च अदालतको आदेशसंगै रविले पुडाशैनी मृत्यु प्रकरणको सम्वन्धमा आफ्नो कार्यक्रममा बोल्न पाउने भएका छन् । यसअघि चितवन जिल्ला अदालतले रविलाई विदेश भ्रमणको लागि समेत अदालतको अनुमति लिनुपर्ने आदेश जारि गरेको थियो ।

उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र सञ्चारकर्मी युवराज कडेँललाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो। पुरा जानकारीको को लागी यो भिडियो हेर्नुहोस ।