५ वटा बिहे गरेका रमाइला जेरी बा को कथा (भिडियो सहित)

दशैंको बेला जिल्लामा हुने मेला हेर्न पुग्नेहरुको रोजाई जेरी बनेको छ । चाडो मौसम सुरु भएपछि मेला हेर्न जानेहरुले तातो–तातो जेरीको चुस्की लिदै सराय मेला अवलोकन गर्ने गरेको पाइन्छ । दशैंको अवसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी अवलोकन कर्ताहरुको मुख्य आकर्षणमा पर्ने गरेको छ ।

जिल्लाका विभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुग्नेहरुले तातो जेरीको स्वाद लिने गर्दछन् । त्यति मात्रै होइन अवलोकनमा गएकाहरुले साझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरुको व्यवसाय राम्रो हुने गरेको जेरी व्यवसायीहरु बताउँछन् । दशैं सकिएपछि जिल्लाको पहिचानको रुपमा रहेको सराय नाँच देखाउने गरिन्छ । सराय नाँच देखाउने स्थलहरुमा प्रायजसो जेरीका पसलहरु मात्रै राखिने गरिन्छ । यो बेला अन्य समयमा भन्दा धेरै बिक्ने गर्दछ । जिल्लाका धेरै स्थलमा मेला अवलोकनमा पुग्नेहरुको मुख्य रोजाईमा गुलियो जेरी पर्ने गरेको हो । परापूर्वकालदेखि नाच्न थालिएको सराय मेलाले विभिन्न समयमा घरबाट टाढा भएकाहरु दशैंको बेला घरमा आएकाले साथीसंगीहरुसँग भेट्ने गतिलो अवसरको रुपमा पनि लिइन्छ । आज हामीले एक रमाइला जेरी बालाई भेटाएर कुराकानी गरेका छौ । हेरौ सोही भिडियो अबको क्रममा यदि भिडियो मन परेयो भने सेयर गर्न नभुल्नु होला ।