अहिले सम्म तनहुमा चितुवाले खायो ५ जना बालक, बन्दुक सहित भेटिए बाघ मार्ने शिकारी (स्थलगत रिपोर्ट)

तनहुँ जिल्लाको भानु नगरपालिकामा एक बर्षको समयभित्र चितुवाको आक्रमणमा परेर पाँच जना बालकले ज्यान गुमाएका छन् । नरभक्षी चितुवाले ८ जनालाई आक्रमण गरेको थियो तर पाँच जनाको ज्यान गएको छ । बिभिन्न समयमा चितुवाले बालकहरुलाई आक्रमण गरी रगत र मासु समेत खानेगरेको स्थानीयहरुले बताएका छन् । एक बर्षको अबधीमा पाँच जनाले ज्यान गुमाएपछि स्थानीयहरु त्रसित बनेका छन् । पछिल्लो समय दशैको टिकाकै दिनमा ४ बर्षिय बालक आशिक बानियाँलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि प्रशासनले समते चितुवा मार्न अनुमती दिएको भानु १ का वडाध्यक्ष प्रेम लामाले बताएका छन् । स्थानीय शिकारी, शसत्र प्रहरी बन्दुक सहित खटिएर बस्दा पनि चितुवा फेला परेको छैन मल्लले बताए । स्थानीय सिकारी २ जना समेत बन्दुक लिएर रातभरी जंगलमा बस्छन् तर पनि चितुवा फेला पर्न सकेको छैन । हेर्नुहोस् यो भिडियो