मेलबर्नमा एनआरएनएद्धारा कलाकारहरुको सम्मान र विद्यार्थीसँग शुभकामना आदानप्रदान

मेलबर्नमा एनआरएनए भिक्टोरियाद्धारा दशैं, तिहार लगायत आउँदै गरेका चाडपर्बहरु म्ह: पूजा, नेपाल संम्वत तथा छठ पर्बका उपलक्ष्यमा विद्यार्थीसँग शुभकामना आदानप्रदान तथा अन्तकृया कार्यक्रम गर्दै अस्ट्रेलियाको बृस्बेनमा हालै सम्पन्न राष्ट्रिय नृत्य प्रतीयोगितामा भिक्टोरिया राज्यबाट सहभागिता जनाइ उपाधी जित्न सफल कलाकारहरुलाई सम्मान गरेको छ ।

भिक्टोरियाका लागि नेपाली अबैतनिक महावाणिाज्य दूत चन्द्र योन्जन, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको अध्यक्ष केशव कंडेल, उपाध्यक्ष प्रेम कंडेल, निवर्तमान अध्यक्ष टोनु घोताने, न्याभका अध्यक्ष तारा गैरे, नारी निकुञ्ज भिक्टोरियाका संयोजक काजल किरण, एएनएमसीका अध्यक्ष डा.चन्द्र दीपक पोखरेल, डा. सावित्रा काफ्ले, गणेश कंडेल, राम गुरुङ लगयतले अष्ट्रेलिया बसाइका आ-आफ्ना अनुभव सुनाउदै आगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिए ।

कार्यक्रममा उपस्थित विद्यार्थी बक्ताहरु उज्वल अधिकारी, पुष्पा खड्का, मोनिका तामाङ, अञ्जली तिमिल्सिना, सुसान्त योञ्जन लगायतले यस प्रकारको भेटघाट तथा अन्तर्कृया कार्यक्रमले आफूहरुलाई नेपालमै भएको महसुस गराएको र अस्ट्रेलिया बसाइ उत्साहमय बनएको बताए ।

नारायण कटुवालले सन्चालन गर्नु उक्त कार्यक्रममा प्रेम कंडेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने मणिरतन सापकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रमको संयोजन बविन मिश्र र तिलक सापकोटाले गर्नुभएको सो कार्यक्रममा अनु श्रीले कविता बाचन गर्नु भएको थियो ।

विगवेली रेष्टुरेन्टमा भएको यस कार्यक्रमको मुख्य प्रायोजन कंडेल कन्सल्टेन्सीको थियो भने नमस्ते रेमिट्यान्स र विगवेलीले सहयोगी भूमिका थियो ।

अस्ट्रेलियाको बृस्बेनमा हालै सम्पन्न राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा भिक्टोरिया राज्यबाट सहभागिता जनाइ उपाधी जित्न सफल कलाकारहरुलाई सम्मान पनि गरिएको थियो । संम्मानित हुनेहरुमा एकलतर्फ विजेता सुमन गुरुङ र उपविजेता-जेनी गुरुङ, युगलतर्फ विजेता वर्षा तिलिजा पुन र सुमन गुरुङ तथा सामुहिकतर्फ तृतिय उडेन शेर्पा, सुप्रिया लामा, परिभाषा श्रेष्ठ, वर्षा र तिलिजा पुन थिए ।