ऋण खोजेर किनेको साइकल हराएपछि यी मानिषले बनाए घरमै काठको साइकल अनि धान झार्ने मेशिन (भिडियो सहित)

मोरङ । ३५ बर्ष अगाडी बनाएको साइकलको आफ्नै कथा अनि साइकल बनाउने मणिहर्क राईको ब्यथा छ । उनले काठको साइकल बनाएपछि तत्कालीन राजा बिरेन्द्रले उनलाई नगद सहित सम्मान पनि गरेका थिए ।उनले सम्झिए राजाले भनेको “तपाईंको हाम्रो देशलाई खाचो छ” शब्द । तर राजा नै नरहेपछी त्यो आशा निरासामा बदलियो । सानैदेखि आफैले हरेक सामान घरमै काठबाट निर्माण गर्ने मणिहर्क राई जुनसुकै सामान सारै राम्रो र सुन्दर बनाउछन ।

काठकै काममा गरेको धेरै बर्ष बिताएका उनी भन्छन “मलाई कसैले सहयोग गर्ने हो भने म विश्व चकित पार्ने खाले सामान काठबाटै बनाउछु” ।घरमै फर्निचर राखेर गाउलेले केही बनाउन दिएमा घरबाटै बनाइदिन्छन । उनले काठको साइकल करिब ३५ बर्ष अगाडी कसरी बनाए होला त! अचम्म लाग्न सक्छ तर बास्तबिकता यस्तो छ । तेतिबेला कसै कसैले मात्र साइकल चलाउथे साइकल चढ्ने मान्छे गाउकै धनी र ठूलो हुन्थ्यो । जस्तो कि अहिले कार चढ्ने मान्छेलाई सबैले धनी भन्छन जो कोहिले चढ्ने सम्भब पनि हुदैन ।