दुबो र बेलपत्र मात्र खाने माताको गुफामा बादरको आक्रमण, हेर्ने मानिसको घुँईचो (भिडियो)

दिउँसो थोरै मात्र मान्छे हुने बित्तिकै बाँदर गुफामा आउँछ । गुफामा भएका स्याउ, केरा चोरेर लान्छ तर मातालाई केही थाहा हुँदैन । गल्याङ नगरपालीका वडा नंं १ मा बिगत एक महिना देखी एक महिला मौन तपस्यामा छिन् । मानिसहरु आउँछन् माताका लागी दुबो र बेलपत्र साथै फलफूल पनि । बाँदरको आक्रमणले हेरचाह गरेर बस्ने पुजारी हैरानी भएका छन् । राती के हुन्छ कसैलाई पत्तो हुँदैन तर दिउँसो भरी मानिसको आवतजावत हुन्छ राती कोही पनि बस्दैनन् ।
माता मौन तपस्यामा छिन्, केही हल्ला बढी भयो भने ध्यानबाट उठेर सान्त रहन इसाराले भन्छिन् तर सबै व्यवस्थापनका लागी स्थानीय दुईजना लागेका छन् उनीहरुले आउने भक्तजनलाई टिका तथा प्रसाद प्रदान गर्छन् ।