निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनीक

काठमाडौ, ३१ भदौ
निर्देशक सोभित बस्नेतको पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनीक भएको छ । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिएका छन् ।

पारिवारिक जीवनको आरोहअबरोह प्रस्तुत गरिने ‘कुल खानदान’ मा नीर शाह,सपना श्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली,संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भए तापनि ‘कुल खानदान’ लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ । झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुल खानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।