आजको राशिफल वि.सं. २०७६ भदौ २९ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १५ तारिख

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) +९७७– ९८४२२१९७३५
वि.सं. २०७६ भदौ २९ गते आईतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १५ तारिख, भाद्र शुक्ल पक्ष परेवा तिथी बिहान १० बजेर ४४ मिनेट सम्म त्यसपछि द्धादशी तिथी । उत्तरभाद्रपद नक्षत्र, चन्द्रमा मिन राशिमा, गण्ड योग, तैतिल करण। सुर्याेदय बिहान ०५ः४९ र सुर्यास्त साँझ ०६ः०७ मा हुनेछ। आज जन्म लिने वच्चाको राशि मिन हुनेछ । आजको चाडपर्र्व सोह्रश्राद्ध अन्तर्गत द्धितीया तिथी श्राद्ध, पञ्चली पुजा र बाल दिवस रहेको छ। भोली सोह्रश्राद्ध अन्तर्गत तृतीय तिथी श्राद्ध रहेको छ ।

आजका लागि शुभ समय लाभ वेला बिहान ०८ः४३ देखि १०ः११ मिनेट सम्म, अमृत वेला बिहान १०ः१२ देखि ११ः४३ सम्म, शुभ वेला दिउँसो ०१ः१२ देखि ०२ः४२ सम्म रहेका छन। आजका लाग अशुभ समय काल वेला बिहान ११ः४३ देखि ०१ः१३ सम्म र रोग वेला दिउँसो ०२ः४३ देखि ०४ः१२ सम्म रहेका छन। आज घीउ खाएर र भोली दुध खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुनेछ। यो पञ्चाङ्ग नेपालको राष्ट्रिय समयमा आधारित गणना हो । ठाउँअनुसार तिथि, नक्षत्र र राशिमा पनि समय अन्तर हुनेछ । हजुर जुन देशमा भएपनि आफ्नो स्थानीय समय लाई आधार मानी हेर्नुहोला।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको दिन तपाईंको पक्षमा छैन । ठूला आशा त्यागी अघि बढ्नु उत्तम हुनेछ । तपाईंले आँफूले गरेका प्रयासमा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्य सम्बन्धि चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ। घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ।
आज तपाईका लागि शुभरङ्ग बैजनी वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्यसफलताका लागि ॐ बृं बृहस्पतये नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –आज तपाईका लागि चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सम्पन्न हुन सक्नेछ । विपरीतलिङ्गी साथी सँग विनम्र भावले व्यवहार गर्दा राम्रो हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । भाइबहिनी वा सन्ततिका कारण खुसीको वातावरण बन्नसक्छ । दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ । समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ। अपूरा कार्य पूर्ण हुनेछन् । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्यसफलताका लागि ॐ शं शनिश्चराय नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –आज तपाईको आम्दानी बढ्नेछ। आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा मन जानेछ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ। प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले केहि नमिठोपना हुन सक्नेछ। आफन्तहरूले मनले चाहेजस्तै सहयोग गर्नेछन् ।आज तपाईका लागि शुभरङ्ग कालो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्यसफलताका लागि ॐ कुलदेवताभ्यो नमः मन्त्र २३ पटक जप गर्नु शुभ हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –आज तपाईको भाग्यस्थानमा चन्द्रमा को गोचर रहनेछ । मातापिताका चाहना पूरा गर्न आजको दिन अनुकूल छ । भाग्यबललाई बलियो बनाउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा व्यापार व्यावसायमा मा प्रभाव पर्नसक्छ। तर बेफाइदा नै हुने छैन । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो विवादको योग छ। तर आफु संयम हुँदा जीत हुनेछ । आज प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आज तपाईका लागि शुभरङ्ग गाढा पहेंलो वा केशरी, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ धर्मराजाय नमः मन्त्र १९ पटक जप गर्नु शुभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज तपाईको अष्टम भावमा चन्द्रमको गोचर हुने हुनाले जोखिम पूर्ण कामबाट जोगिने समय हो। गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । अनावश्यक यात्रा हुनेछ वा छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । आज तपाईका लागि शुभरङ्ग नीलो, शुभअङ्क ८, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ मृत्युञ्जयाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – आज तपाईका लागि लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपू्र्ण दिन हो। पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुनसक्छ । वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । दिउँसोबाट प्रेम सुखका लागि अनुकूल समय बन्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् ।
आज तपाईका लागि शुभरङ्ग हलुका रातो, शुभअङ्क ७, शुभदिशा पश्चिम, आज कार्य सफलताका लागि ॐ कामदेवाय नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –आज तपाईका लागि मिश्रित दिन रहेको छ। काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरू हासिल हुनेछन् । कुनै झैझगडा वा विवादमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । दिन छिप्पिंदै जाँदा आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनु उत्तम हुनेछ। सामाजिक र परोपकारका मार्गमा सक्रिय भइने छ । आज तपाईका लागि शुभरङ्ग सेतो वा घुर्मैलो, शुभअङ्क ६, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ धन्वन्तरीदेवाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –आज भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा भने सकारात्मक अवस्था छ। व्यापार व्यावसायबाट राम्रो फाईदा हुनेछ। बौद्धिक र सृजनात्मक क्षमता ह्रास आएको अनुभूति भए पनि पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। विद्यार्थीका लागि सकारात्मक दिन रहने छ, तर प्रेमसम्बन्ध, मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ, सचेत हुनु उत्तम हुनेछ।
आज तपाईका लागि शुभरङ्ग आकासे, शुभअङ्क ९, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ वाग्देव्यै नमः मन्त्र ०७ पटक जप गर्नु शुभ हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आज तपाईका लागि चौथो घरमा रहेको चन्द्रमाको प्रभाव रहने हुनाले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन शुभ देखिदैन । अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्ने योग छ। आज तपाईका लागि शुभरङ्ग कलेजी, शुभअङ्क ४, शुभदिशा उत्तर, आज कार्य सफलताका लागि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – आज तपाईको आत्मीयजनहरूसँग भेटघाट हुनेछ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफल सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ,। धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । व्यापार व्यावसायका क्षेत्रमा नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आज तपाईका लागि शुभरङ्ग हरियो, शुभअङ्क ३, शुभदिशा पश्चिम, आज कार्यसफलताका लागि ॐ सिद्र्धि ्विनायकाय नमः मन्त्र ०८ पटक जप गर्नु शुभ हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आज तपाईका लागि आर्थिक पक्ष सुदृढ रहनुका साथै सम्पत्ति सम्बन्धि समस्याहरू समाधान हुनेछन् । काममा सफलता पाइने छ । आज तपाईंको बोलीको कदर हुने दिन हो, महत्वपूर्ण स्थानमा बोली बिक्नेछ । पारिवारिक खुसी मिल्नेछ । दिदीबहिनी र कुटुम्बले राम्रो सहयोग गर्ने छन् । स्वास्थ्य सबल छ । नोकरी र व्यवसायिक क्षेत्रमा तपाईंको वाणि र व्यवहारप्रति विपरीतलिङ्गीको आकर्षण बढ्नेछ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । लगानीका लागि आज राम्रो दिन छ । आज तपाईका लागि शुभरङ्ग सेतो, शुभअङ्क २, शुभदिशा दक्षिण, आज कार्य सफलताका लागि ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र ११ पटक जप गर्नु शुभ हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आज तपाईका लागि शिरमा चन्द्रमको प्रभाव रहनेछ। आज हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको लगानी हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मित्र र सहयोगीले तपाईंको सहायता गर्नेछन् । तपाईंका महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । कुनै लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । घरायसी वातावरण पनि तपाईंको पक्षमा रहनेछ। समग्रतामा अत्यन्त राम्रो परिणाम प्राप्त हुनेछ । आज तपाईका लागि शुभरङ्ग गुलाबी, शुभअङ्क १, शुभदिशा पूर्व, आज कार्य सफलताका लागि ॐ अं अङ्गारकाय नमः मन्त्र १० पटक जप गर्नु शुभ हुनेछ।