मिसेस नेपाल इन्टरनेसनलका प्रतिस्पर्धीको हेयर र स्किन टेस्ट फेसियल हाउसमा

काठमाडौं, भदौ २७ । फेसियल हाउसले मिसेस नेपाल इन्टरनेसनल २०१९ का ३६ प्रतियोगीको हेयर र स्किन टेस्ट सम्पन्न गरेको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी फेसियल हाउसकी म्यानेजिंग डाइरेक्टर तथा सौन्दर्यशास्त्री सुष्मा महराको नेतृत्वमा प्रतियोगीको हेयर र स्किन टेस्ट सम्पन्न गरिएको हो । सो अवसरमा फेसिअल हाउसले प्रतिस्पर्धीहरुको शुभकामना दिदै सम्मानका साथ केक समेत काटेको उर्जाजनक मोटिभीसन टिप्स का साथै ब्यूटी टिप्स पनि प्रदान गरेका थियो ।
यसका साथै महराले एक दिनने मेकअप क्लास सबै प्रतीसप्रदी दिएका थिय |

रिबन इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३७ जना महिला बीच प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिता आउँदो असोज ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने भएको छ ।

कार्यक्रमका निर्देशक निशुकान्त झाका अनुसार यस पटकको प्रतियोगितामा कुसुमादेवी खाँड मल्ल, भावीसा कोइराला, शवनम खरेल, रंगिना लाइकंवम, सरस्वती बुढाथोकी, नम्रता शर्मा, आश्मा तामाङ, रोमी तण्डुकार, ऋतु किरण श्रेष्ठ, प्रतिमा ज्ञवाली, विना जोशी चन्द, कृष्णा महत, विमला केसी, स्नेहा राउत थापा, सृजना पाण्डे, मंगल बडे, रोजिना भट्टराई चयन भएका छन् ।

यस्तै शुसिला श्रेष्ठ, प्रतिमा मल्ल, सिल्पी गुप्ता, निरा तामाङ, सुलक्षणा भट्टराई, विमला हुमागाई, रुपा शाह, रश्मि शाक्य, रचना कदरिया, रोजिना महत, एलिजा महत, अराधना शाह, शुसिला भट्ट, सविना चालिसे, शान्ति देवी भट्टराई, सोनु नेवाङ तामाङ, सन्ध्या घिमिरे, इन्दिरा रानाभाट निरौला र आरती सिंह पनि अन्तिम स्पर्धाका लागि चयन भएका छन् ।

प्रतियोगीले विभिन्न विज्ञहरूद्वारा व्यक्तित्व विकास, अन्तर्रा्ष्ट्रिय मोडलिङ वर्कसप, ग्रुमिङ, क्याटवक, शृंगार, जुम्बा, हस्पिटालिटी मेनेजमेन्ट, फेसन, आर्टजस्ता विषयमा एक महिना लामो प्रशिक्षण पनि लिइरहेका छन् ।

यसअघिका प्रतियोगितामा सबिता लामिछाने, अनुपमा राई र सुरुचि पाण्डे मिसेस नेपाल इन्टरनेसनल भएका थिए। प्रतियोगिताको संयोजन रेनु सेन्चुरी र सम्राट् शाहले गर्दै आएका छन् ।