अपेन किड्स गट ट्यालेन्ट भदौ २८मा, तयारी पुरा

पूर्व प्राथमिक विद्यालयहरुको छाता संगठन एसोसियसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल अपेन प्रदेश नम्बर ३ को आयोजनामा अपेन किड्स गट ट्यालेन्ट सिजन वान हुने भएको छ ।यहि भदौ २८ गते
शनिवार जावलाखेलमा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

कार्यक्रमबारे वुधवार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि अपेन प्रदेश नम्बर ३ ले तयारी बारे जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका प्रि स्कुलहरु बाट ५ बर्ष मुनिका ५५० जना भन्दा बढि बालवालिकाहरुले आफ्नो ट्यालेन्ट प्रस्तुत गर्ने छन् । अपेनले पहिलो पटक गर्न लागेको उक्त कार्यक्रममा बालबालिकाको मनोेवल उच्च राख्दै हार जित भन्दा पनि उनिहरुमा विजेताभावको प्रोत्साहनको लागी सहभागी सबैलाई पुरस्कृत गर्ने तयारी रहको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दहालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा वालवालिकाहरुले गायन , नृत्य , नाटक लगायतका विभिन्न विधामा आफ्नो ट्यालेन्ट प्रस्तुत गर्ने छन् । प्रतिष्पर्धा र विजेताको भावनालाई समेट्दै साना बालवालीकाहरुको प्रतिभा प्रस्फुटनका मंच बनाउँने उदेश्यले अपेन किड्स गट ट्यालेन्ट सिजन वान आयोजना गरिएको आयोजक अपेन प्रदेश नम्बर ३ का अध्यक्ष कृष्ण बोहोराले जानकारी दिनुभयो ।