ऋषि धमलाको छोरीको हात राख्न श्रीमती एलिजा ३ बर्षको लागि क्यानाडा लाग्दा धमलाले रुदै बिदाई गरे

फिल्म ‘अनुरागकी’ नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम मंगलबार साँझ क्यानडा उडेकी छिन् । छोरी एरिका धमला गौतमको हात राख्न एलिजा दुई वर्षको लागि त्यसतर्फ लागेकी हुन् । एरिकाको जन्मजात नै बायाँ हात छैन । सोही हात राख्न एलिजा लामो समयको लागि क्यानडा गएकी हुन् । छोरी एरिका र श्रीमती एलिजाको बिदाइमा पति ऋषि धमला र उनकी आमा एयरपोर्टमा पुगेका थिए । भने धमला निकै भावुक बनेका थिए ।

ऋषिले भावुक हुँदै म सानैमा आमा बुवा गुमाएको मान्छे निकै सङ्घर्ष गएर यहाँ आइपुगेको मान्छे हु, यसरि परिवारलाइ केहि समयको लागि बाहिर पठाउँदा निकै गार्हो भएको कुरा मिडियामा बताएका छन् । उड्नु भन्दा अघि विमानस्थलमा पत्रकारसंग कुरा गर्दै आफ्नो छोरीकै जस्तो पिडा भएर बसेका नेपालमा धेरै बालबालिका छन म तिनीहरुको लागि एउटा संस्था खोलेर उपचार गर्ने छु भन्दै प्रतिकृया दिएकी थिइन । भिडियो हेर्नुस् :