बर्षौ पछि लोक गायक राजु परियारले गाएको मार्मिक दशैं गीत आयो -हेरौ

नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित लोकप्रिय गायक राजु परियार र सुष्मा बिसीको सुमधुर आवाजमा सुष्मा बिशीको मार्मिक दशैँ तिहार गीत ‘अक्षेताको थालि’बजारमा आएको छ।गीतमा राजु परियारले बर्षौ पछि आवाज दिएका हुन्।

घनश्याम तिवारीको लय तथा शब्द सृजना रहेको गीतको म्युजिक भिडियोमा भने चर्चित मोडल साया भण्डारी र बिपेश घिमिरे रहेका छन।स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको भिडियो छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन्।गीतको सम्पदान भने प्रकाश धमलाको रहेको छ।हेरौ यो भिडियो: