परदेशीको कथामा बिष्णु खत्रीले बनाए सबैलाई रूहाउने दशैं गीत

कमल सरगम -नेपाली लोक संगीतका एक सदबाहर गायक बिष्णु खत्रीको फेरी अर्को मार्मिक गीत बजारमा आएको छ।दशैं पर्व आउने बितिकै बिष्णु खत्रीको खोजि हुने प्रचलन नै छ उहाले सृजना गर्ने गीतहरु सबै चर्चामै हुन्छन। खत्रीले यो पटक पनि दशैंमा सबैलाई रूहाउने पक्का देखिन्छ।

गरिबीको कथालाई समेटेर एउटा गीत बजारमा ल्याएका छन। नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गर्दा ‘दशैंमा आउ प्यारा’ गीत ल्याएका हुन् ।बिदेशिएका नेपाली युवाहरुको जीवनमा मेल खाने मात्रै नभएर नेपाली महिलाहरुको गाउँले परिवेसमा पनि मेल खाने र नेपाली महिलाहरुले भोग्ने पिडा संग यथार्थपरक गीतले बिष्णु खत्रीको बिगतका गीतहरुले झैँ यो गीतले पनि मन जित्नेमा पक्का छ।

बिष्णु खत्री र बिष्णु माझीले आवाज दिएको उक्त गीतमा लय त् तथा शब्द सृजना पनि बिष्णु खत्री आफैले गरेका छन भने गीतलाई आफ्नै युटुब च्यानल बिष्णु खत्रिमा राखेका छन।सुमधुर क्रियसनको प्रस्तुतिमा रहेको गीतको निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन्।गीतको सम्पादन बिष्णु शर्माको रहेको छ।चर्चित मोडल रन्जिता गुरुङ र बिमल केसिको अभिनय रहेको गीत कस्तो छ हेरौ :