एनआरएनए चुनाव : महासचिब पदको लागि डा. केशब पौडेलको उमेद्द्वारी

काठमाडौं : गैर आवासिय नेपाली संघ ‘एनआरएनए’ को विश्व निर्वाचन जति नजिकीदैछ चुनावी माहोल पनि बढेको छ । नेपालको बिकासको लागि सदा चिन्तित रहिरहने र आफ्नो तर्फबाट हरसम्भव प्रयासरत ले महासचिब पदको लागि उमेदवारी दिएका छन ।

उनि निर्वाचित भएपछि अन्तर्राष्टिय जगतमा नेपालको संबृद्धिको लागि आवाज बुलन्द गर्न काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनमा महासचिब पदका लागि चुनाबी मैदानमा उत्रिएका हुन् । तनहुँ, सतिस्वारा गाबिस ९ का स्थानीय डा. पौडेलको परिवार हाल पनि व्यास नगरपालिका वडा नम्बर ९ मा बस्दै आएका छन ।

विद्यार्थी जीवनमै राजनीतिमा सकृय उनी त्रिविवी चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी युनियनको सभापती, फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, लगायत बिभिन्न संघमा नेतृत्वपंतीमा रहेर कार्यसम्पादन गरिसकेका डा. पौडेल लामो समय देखी अमेरिकाको न्यु मेक्सिको राज्यमा बसोबास गर्दै आएका छन ।

एनारएनए अमेरिकाको ४ बर्षे कार्यकाल सम्हालेका पौडेल पेसाले चिकित्सक हुन । डा. पौडेलले एनआरएनए मेम्बरसिप कार्डको ब्यवस्था, अमेरिका मेन स्ट्रिममा नेपालीहरुको प्रतिनिधित्व लगाएतका महत्वपूर्ण कामहरु ग्रिसकेका छन् भने आगामि दिनमा गैर आवासिय नेपालीहरुको हितको पक्षमा कृयाशिल रहिरहने बताएका छन् ।