अप्रत्याशित रूपमा रबिले लाखौं नेपालीको मन जिते। भलै अदालतको बिश्वास पुर्णतः जित्न सकेनन्।

एकनारायण पौडेल,

जनताको अभिमतले पक्कै पनि नेतृत्वलाई नराम्ररी झस्काएको हुनुपर्छ भने समर्थकहरुलाई उक्साएको र स्वयं रबिलाई यसले हर्षित एंब दरिलो बनाएको छ। भुइँका जनताको आवाज, गुनासो, पिडा र भस्ट्राचार बिरुद्धको खरो अभियक्ति एउटा संचारकर्मी को बलियो अभिमत बनेर उभियो । तसर्थ उनका समर्थकहरुले राजनीतिमा आउन आह्वान गर्नु नेतृत्वप्रतिको बितृष्णा नै यो। यहि ब्युरोकेसी , यहि भागबन्डा , यहि सिस्टम र यहि आसेपासे कुसंस्कार जालो ….यो सबै नत्यातेसम्म वा क्रमशः नच्यात्ने हो भने #रबि त के #चिनियाँ रास्ट्रपति नेपाली नागरिकता लिएर देश बनाउछुँ भनेर कसम खाएर आएपनि तात्विक रुपमा ठुलो छलाङ्ग मार्न सक्दैनन्।

यो केबल एकल ब्यक्तिको चाहना र प्रयासले मात्रै सफल हुदैन । सामुहिक प्रयत्न र इच्छाशक्तिले मात्रै बिकृती, बिसङ्गती र भस्ट्राचारको जालो च्यात्न सकिन्छ । क्षणिक लोकप्रियता र चर्चाले मानिसलाई चर्तित त बनाउछँ तर दिगो रहिरहन कठिन हुदोरहेछ भन्ने उदाहरण हाम्रो सामु नै छ ।
#रबिन्द्र मिश्र  –स्वतन्त्र रूपमा रहँदासम्म कति हिट र चर्चित थिए । जसको शब्दहरुले रास्ट्रप्रतिको प्रेम मात्रै बढाउदैनथ्यो त्यतिकै जागरुक बन्न पनि प्रेरित गर्थ्यो । जब राजनीतिको टोपी भिरेर मैदानमा आए तब हिजो टिकट काटेर उनको भासण सुन्न टाढाटाढाबाट युबाहरु ओईरिन्थे आज त्यहीँँ युबाहरु उनको राजनैतिक कार्यक्रमप्रति मुन्टो बटार्छन ।

#डा.देबेन्द्रराज पाण्डे -जो नागरिक अगुवाको रूपमा चर्चित र सम्मानित थिए ।उनले राजनीतिकमा ओर्लिएर २०४७-४८ मा लोक दल खोल्ने बित्तिकै बिलाए ।
त्यसैले कुनै A (हालको नेतृत्व )भन्ने ब्यक्तिप्रतिको बितृस्णाले जन्माएको लोकप्रियताको जगलाई आधार बनाएर B (रबि लामिछाने ) भन्ने ब्यक्तिलाई राजनीतिमा आउन आह्वान गर्नु यो केबल शुभेच्छुकहरुको नैराश्यता र A भन्ने ब्यक्तीप्रतिको आक्रोशको कुण्ठा मात्रै हो । यो अभिमत केबल स्वतन्त्र रहिन्जेल भिडको रुपमा रहने तर राजनीतिको लगौटी कसेपछी क्रमशः छिन्नभिन्न हुनेछ भन्ने कुराको उदाहरण भारतमा अप्रत्याशिक उदाएर त्यसरी नै हराएको आम आदमीलाई हेरे पुग्छ तसर्थ बरु रबि लामिछानेलाई राजनीतिमा आउनको लागि आह्वान हैन यहि ब्यबस्था भित्रको बिकृती , बिसङ्गती , असमानता, भस्ट्राचार , कालो बजारीको बिरुद्ध अझ शसक्त भएर गरिब , पीडित , आवाजबिहिनहरुको पक्षमा आवाज उठाएर नेतृत्व र संबंधित पक्षलाई खबरदारी गर्न आग्रह गरौ । सहयोग गरौ । शभ्य, शालिन र थप जिम्मेवार भएर नेतृत्व र ब्यबस्थालाई amending (सुधार ) गर्नको लागि आफ्नो कर्म गरिरहुन ।

यहि शुभेच्छा रहिरहोस ।