रुपा र कृष्ण फेरी यस्तो धरधरी रोए ,फेरी कसले रुवायो कृष्ण र रुपालाइ ? (भिडियो सहित)

एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण फेरि एकपटक देखिएको छ । अन्यथा कृष्ण वलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन सायदै सम्भव थियो ।रुकुमका युवक कृष्ण वलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात महिना उनी कति रोए कुनै लेखाजोखा छैन । उनकी पत्नी रुपाले दह्रो मुटु बनाएर कसरी श्रीमानलाई सम्हालिन् उनैलाई मात्र थाहा छ । हातगोडाको अपरेसन गर्दासम्म उनीहरुलाई ४५ लाख ऋण लागिसकेको थियो ।

बाँकी खर्च सम्झेर कहालिनु बाहेक उनीअरुसँग विकल्प थिएन ।तर, अहिले यो जोडीको अनुहारमा मुस्कान फिरेको छ । कम्तिमा कृत्रिम हात गोडाको सहायताले कृष्णले आफ्नो जीवन अगाडि बढाउन सक्ने कुराले उत्साही बनेका छन् । देशविदेशका नेपालीहरुले यो जोडीलाई जुरुक्कै काँधमा बोकेका छन् । जब एक महिना अगाडि कृष्णको कथा एउटा यूट्यूब च्यानलमार्फत सार्वजनिक भयो, त्यसले नेपालीहरुलाई तरंगित बनायो । तत्कालै उनका लागि आर्थिक सहयोग जुट्न थाल्यत्ते । कसैले व्यक्तिगत तवरमा त कसैले संगठित भएर गरेको सहयोगले ठूलो रुप लिँदै जाँदा कृष्ण र रुपा सामाजिक सञ्जालमा छाइसकेका थिए । भिडियो हेर्नुहोस