दुधमा मुसा मार्ने विष मिसाएर मेरो ज्यान लिने प्रयास भयो : सबिता माता (भिडियो)

माताको रुपमा भविष्यवाणी गर्ने सबिता सरू शर्मा आचार्य फेरी एकपटक चर्चामा आएकी छिन्। उनले दुधमा मुसा मार्ने विष मिसाएर आफ्नो ज्यान लिने प्रयास भएको आरोप लगाएकी छिन्।
उनले केहि दिन अघि आफ्नो हित नचाहने भक्तजनले दुधमा विष मिसाएर ल्याएको भन्दै आफ्नो फेसबुकमार्फत लाइभ आएकी थिइन्। अरु भक्तजनले घट्नाको जानकारी सबैलाई दिनुपर्छ भनेको कारण मात्रै आफु लाइभमा आएको बताईन। उनले लाईभ संगै यस्तो क्याप्सन पनि राखेकी थिइन्….
माताले भनिन्, ‘म साढे १० बजे राति खाना खादै थिए त्यति खेर फोन आयो तपाईले दिएको दुधमा विष रहेछ भन्नु भयो म डराए, भक्जनले दुई पोका दुध ल्याएका थिए अर्को दुधको पोका भने घर मै थियो जुनबाटा पनि कडाखालको राग आयो जसले गर्दा मूसा मार्ने औषधी मिसाइएको आवास भयो।’ उनले थपिन, ‘एउटा भक्तजन त्यस्तो भए भन्दैमा सबै त्यस्तो हुनहुन्छ भने छैन।’

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपतिहरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनी बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापाको योग एकदमै राम्रो रहेको पनि उनी बताउछिन।

सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सबितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनी अहिले देश विदेशमा नेपाली माताजीको नामबाट प्रख्यात छिन। उनले पछिल्लो पिएनपिखबरको कुराकानीको क्रममा भनेकी थिइन्, ”देश अस्थिर छ, अझै रक्तपातको योग छ। देशको राजनीतिक अन्योलमा छ। संघियताले देश खत्तम बाटोमा जादै छ।”