सहयोगगरि माया गर्ने सबैलाई रुपाले दिइन धन्यबाद, कृष्णलाई उपचार रकम पुग्यो (भिडियो हेर्नुस)

कृष्ण वलीको दुइ हात र खुट्टा जोड्नको लागि रकम पुगेको रुपा र कृष्णले बताएका छन् । कलाकार तथा पत्रकार शिशिर भण्डारीसंग कुरा गर्दै रकम पुरा भएको जानकारी दिएका छन् ।

अमेरिकाबाट केहि रकम आउन बाँकी रहेको र त्यो रकम प्राप्त भएपछी कृष्णको लागि रकम पुग्ने रुपा ओलीले बताइन । कृष्णलाई चाहिने रकम प्रयाप्त भएको बताउदै अब सहयोग अभियान नचलाउन समेत आफ्ना शुभचिन्तकहरुलाई आग्रह गरेकी छन् ।

कृष्णको सहयोगका लागि संसारभरीबाट धेरै साथ् र सपोर्ट पाएकोमा हृदय देखि रुपाले धन्याबाद दिएकी छन् । कृष्णको उपचारबाट बचेको पैसाले अरु यस्तै अपाङ्गहरुलाई सहयोग गर्ने पनि बताएकी छन् । कृष्ण जस्तै थुप्रै अपाङ्गहरु छन् उहाहरुलाई पनि सहयोग गर्नुहोला भन्दै आग्रह गरेकी थिइन् ।

कृष्णले आफ्नो दुर्घटनालाई अबसरको रुपमा लिंदै आफ्नो घटनापछि देशका ठुला कलाकारहरुलाइ भेट्न पाएको बताए । चर्चित कलाकारहरु पनि भेट्न आएकोमा उनले खुसि व्यक्त गरे । आफुलाई भेट्न आउने व्यक्तित्वहरु प्रति कृतज्ञता व्यक्त गरेका थिए । जिबनमा आफ्ना हात खुट्टा गुमाए पनि सबैको मनमुटुमा बस्न पाएकोमा निकै खुसि भएको बताए ।

आगामी दिनमा आफुपनि दुखि गरिबहरुका लागि समाजसेवामा लाग्ने बताए । आफुलाइ दुखपर्दा माया र सहयोग पाउदा हौसल्ला मिलेको र उक्त हौसलाले समाजसेवा बन्न प्रेरित गरेको कृष्णले बताए ।

भिडियो हेर्नुस:

कृष्ण र रुपा सहयोग लिएर मेघालाई भेट्न पुगे

समाजमा रहेका दुखी पिडितहरुको ओठमा मुस्कान ल्याउन दिनरात खटिरहँदा बिराटनगरकी करेन्ट लागेर आफ्नो दुवै हात गुमाएकी बहिनी मेघा घिमिरेको पिडा पनि सामाजिक सन्जालहरुमा छचल्किरहेका थिए ।

मैले आफ्नो व्यस्ततालाई मिलाउँदै मेघाको घरमै सहयोग रकम लिएर जाने वाचा मनमनै गरिसकेको थिएँ । त्यस्तैमा फेसबुक र युटुबमा मलाई मेघालाई भेट्न जान धेरैले सुझाईरहनु भएको थियो ।

सुनमा सुगन्ध थपियो जतिबेला मेघालाई पुराईदिनु भनेर देश तथा बिदेशबाट उदार मन भएका केहि व्यक्तिहरुले १ लाख ८९ हजार सहयोग मेघालाई लगिदिनु भनेर म मार्फत् पठाउनु भयो ।

मेघा बहिनीलाई तपाईको घरमा आउँदैछौं है..भनिरहँदा मेघा पनि उत्साहित भईन्..तपाईको कार्यक्रम, फिल्महरु हेरेको छु..मेघाले बताईन् । त्यसैबिच कृष्ण वलि र रुपा वलिले पनि मेघालाई भेट्ने इच्छा व्यक्त गरे..आएको सहयोग रकम रुपाबाटै बुझाउने र कृष्ण र रुपालाई मेघासँग भेटने इच्छा जाग्यो ।

भर्खरै खुट्टा लगाएर हिड्ने अभ्यास गरेका कृष्ण ओली र रुपा मगर आफै मेघाको घरमा पुगे । कृष्णलाई देखेपछि मेघा डाँको छोडेर रोईन् । रुपा पनि मेघाको पिडा देख्दा धेरै पछि धुरुधुरु रोईन् । रुपाले उनलाई यो अवस्थामा छोड्ने मेघाको श्रीमानलाई यस्तो भनिन् । मेघाले आफ्नो खुट्टाले कृष्ण र रुपालाई यस्तो लेखेर दिईन् ।

सहयोगका लागि: मेघा घिमिरे, खाता नं -२६१००००२३६०४ राष्ट्रिय वाणिज्य बैंक, बिराटनगर शाखा Mobile no(Megha Ghimire)- 9807060791

युटुब मार्फत सहयोग गर्न(Shishir Bhandari)- 9811006929 सबैले शेयर गरौं- शिशिर भण्डारीको सहयोगमा

को हुन् मेघा घिमिरे ?

बिराटनगरी मेघा घिमिरे अहिले उपचारको लागि काठमाण्डौमा आइपुगेकी छन् । उनी करेन्ट लागेर दुबै हाट गुमेपछि थप उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । बिराटनमै रहेको घरमा आज भन्दा ३ बर्ष अगाडी मेघालाई करेन्ट लागेको थियो ।

अहिले भने उनि आफ्नी आमाको साहारामा उपचारको लागि काठमाण्डौ आइपुगेकी हुन् । उनले आफ्नो उपचारको लागि धेरै ठाँउबाट सहयोग आउन थालेको पनि बताएकी छन् । ‘म उपचारको लागि काठमाण्डौ आएकी हु’ उनले भनिन्, ‘अहिले भने सामाजिक सञ्जालबाट मेरो अवस्थाको बारेमा थाहा पाएर धेरैले सहयोग गर्न थालेका छन् ।’

श्रीमान बिकास कार्कीले भने करेन्ट लागेर दुबै हात काटिएपछि मेघालाई छोडिदिएका छन् । ‘पहिला धेरै माया गर्थे’ उनले भनिन्, ‘अहिले टाढा भएका छन् ।’ हात जोडिएको अवस्थामा आफ्नो जिविको पार्जनको लागि आँफैले संघर्ष गर्ने उनले बताएकी छन् ।