“हात्ती छिर्ने एयरपोर्टमा १५० ग्रामको मोबाइल नछिर्ने?”

समय समयमा आफ्नो लेख र विचारहरु फेसबुक स्टाटस मार्फत दर्शकहरुको सामु पोख्दै आइ रहनु भएका मनिष केसीले फेरी आज भोली निकैनै टिका टिप्पणी आएको बिषय माथी सामाजिक संजालमा अर्को स्टाटस थप गर्नु भएको छ ।
उहाले लेख्नु भएको स्टाटस जस्ताको तस्तै :

”टर्लक टल्किने सुनको हात्ती लमक लमक गर्दै आउदा कालो बुट ड्याम्म पछार्ने! सोही ठाउमा काम गर्ने कर्मचारीहरुले आखामा कालो चस्मा लगाउने! बिदेशी मुलुकका पाहुनाहरुले एयरपोर्ट लाई नै च्यालेन्ज दिएर हिड्ने! यस्तो हालत भएको मेरो देशको एयरपोर्टमा आमाको लागी, श्रीमतिको लागि मायाले किनेको एक एक वटा मोबाइल छिराउन नपाउने!उसले तोकेको भन्दा पाँच ग्राम ज्यादा सुन लिएर गयो भने ठोकेर भन्सार गोजि तिर हालिन्छ! साथी भाइ कस्का हुदैनन? यसो साथी आउदै छ खुसी मनाउला भनेर मगाएको एक बोत्तल रक्सी फालिन्छ! ए बाबा ल ठिकै छ बिदेश बाट पनि ती सामानहरु लैजान पाइदैन भने चित्त बुझाउला तर बिश्वका भि.आइ.पि एयरपोर्ट बाट चाहिँ मज्जाले ल्याउन मिल्ने रे नेपाल पुगे पछि एयरपोर्टमा छोड्नु पर्ने कस्तो नियम हो?

आमाले माया गरेर पठाइदिएको एक पोका गुन्द्रुक र अचार पनि ल्याउन नपाइने? रेमिटेन्सले धानेको देश होइन र नेपाल? अनि किन त रेमिटेन्स कमाएर फर्केका युवालाई एयरपोर्ट मै अपहेलना गर्ने?? तिमिहरुलाई राख्न मन लागेको सामान लैजान मिल्दैन भनेर लुकाएर राखिहाल्ने? अहो गरिब लुटतंत्र कहिले सम्म सहनुपर्ने हो सरकार? हात्ती छिर्ने एयरपोर्टमा १५० ग्रामको मोबाइल नछिर्ने? युवाहरु कसरी आँसु बगाउदै प्रदेश लाग्छन थाहा छ? काठमाडौ बासिलाई पुग्ने पानी खोज्न मेलम्ची होइन एयरपोर्ट जा सरकार!”