बहुप्रतीभाका धनि मोडल आशिष कुमार मिश्र

काठमाडौँ : मोडलिङ, ईभेण्ट ब्यबस्थापन तथा फेशन कोरियोग्रफिमा ब्यस्त बन्दै गएका छन् आशिष कुमार मिश्र। मोडल आशिष २०१६ साल देखि मोडलिङ क्षेत्रमा प्रवेश गरेर निरन्तर यस क्षेत्रमा संघर्ष गर्दै आएका छन् । उनि नेपाल स्टार मोडलमा बिजेता, बेष्ट वाक, मष्ट ह्यान्डसम टाईटल समेत जित्न सफल भएका थिए ।

सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेका मिश्र छोटो समयमानै फेशन कोरियोग्राफीमा समेत नाम कमाउन सफल भएका छन । ग्ल्याम वर्ल्ड प्रालिका सीईओ समेत रहेका उनले आधा दर्जन सौन्दर्य प्रतियोगिता समेत आयोजना गर्दै आएका छन् ।

दर्जन भन्दा धेरै राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिता तथा फेशन शो हरुमा आफ्नो कुशल कोरियोग्राफी गरेर आफुलाई अब्बल बनाउन सफल मोडल आशिषले नेपाल्स चबि मोडल बाट कोरियोग्राफीको करियर सुरु गरे ।

पाँच फिट ११ इन्च अग्लो २१ बर्षे ह्यान्डसम मोडलको रुपमा चर्चा कमाउदै गरेका मिश्रले ३ वटा म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । हसिलो तथा मिजासिलो स्वभाबका धनि मिश्र भबिष्यमा मोडलिङ तथा चलचित्र क्षेत्रको हक उत्थानमा लाग्ने उनको सोच रहेको बताउछन । त्यसै अनुरुप अहिले उनि मेहनत समेत गर्दैछन ।