काठमाडौँ : बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बे l काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा खम्बे सानै देखि कलाकारितामा रुचि राख्दै आएका थिए l सडक नाटक हुदै आफ्नो कलाकारिता सुरु गरेका बहुप्रतिभाका धनि कलाकार इन्द्र दोङ्ग खम्बेले सुरुवाती दिनहरुमा नै नेपालका चर्चित तथा बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य संग सहकार्य गर्दै विभिन्न टेलिचलचित्रहरुमा अभिनय गर्ने मौका पाएका थिए l मह चौतारी, विभिन्न सडक नाटक, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सब बाट कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एक पछि अर्को चर्चित हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् l
कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित पात्र समेत रहेका उनले टेली चलचित्र मार्फत नेपाली जन समुदाय माझ सदभाब, एकता तथा भाइचाराको संदेश समेत फैलाउदै आएका छन् l उनले हर्के हल्दार संगै अर्को हास्य टेलिचलचित्र नेपाल टेलिभिजन बाट प्रसारण हुने “झट्का” को समेत निर्माण तथा निर्देशन गर्दैछन भने रमाइलो टेलिभिजन बाट प्रशारण हुने माइकल ज्याक्सन समेत निर्माण गर्दै आएका छन् l
काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेर विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका बहुप्रतीभाका धनि कलाकार इन्द्र दोङ्ग लामा खम्बेले चाडैनै नेपाली चलचित्र समेत निर्माण गर्ने भएका छन् भने उक्त चलचित्रको निर्देशन शिब शर्माले गर्ने भएका छन् l संगीतमा समेत रुचि राख्ने खम्बेले आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् भने चाडैनै नया तामाङसेलो गीतको म्युजिक भिडियो समेत लिएर आउने भएका छन् l मिलनसार, हासिरहने मिजासिला स्वभाबका कलाकार खम्बे अन्य कलाकार तथा प्राबिधिकहरुको पनि प्रिय पात्रको रुपमा परिचित छन् l
हेर्नुस हर्के हल्दार :
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2019/02/28056321_1542282515888192_2313522812111807417_n.jpg?resize=960%2C640&ssl=1)