मेरो देशमा विकास निर्माणको ठेक्का धुर्मुस सुन्तलीले लिन्छन् , जनतालाई न्याय दिने काम रवी लामिछाने र अपिल त्रिपाठी जस्ता पत्रकारले गर्छन् !

ज्वाला संग्रौला जापान,

मेरो देशमा विकास निर्माणको ठेक्का धुर्मुस सुन्तलीले लिन्छन् , जनतालाई न्याय दिने काम रवी लामिछाने र अपिल त्रिपाठी जस्ता पत्रकारले गर्छन्, गरिब जनताको स्वास्थ्यको जिम्मा गोविन्द केसीले लिन्छन् अनि देश चलाउने साँचों हातमा लिएका गुण्डाहरु चैं माफिया बनेर भ्रष्टाचारीलाई बचाउँछन् , बलात्कारीको संरक्षण गर्छन्, रातारात न्यायको किनबेच गर्छन् , दुईछाक मुस्किलले टार्ने हामी गरिब जनताले तिरेको करले हवाईजहाज़ चढेर आधा संसार डुल्छन् र मख्ख पर्दै धुर्मुससुन्तली र रबि लामिछानेले बनाएको स्टेजमा उक्लेर देश बिकाशका भाषण ठोक्दै ताली पड्काउँछन् । ए लाजपचेका राजनैतिक छुचुन्द्राहरु हो, देश जसरी पनि चलेकै छ भनेर मख्ख पर्दै आफ्नो मात्र भुँडी नउकास,आफ्ना मात्र हनुमाने गाला नटल्काओ, तिमीहरुलाई सत्तासम्म चढाउने भर्याङ भनेकै हामी जनताको भोट थियो। टुप्पोमा पुग्यो अनि सिँढीलाई चैं लात मारेर आफ्नो मात्र मोजमस्तीमा देशको सम्पति उडाउन मिल्छ डाकाहरु ?देश त कसैले केहि नगरे पनि चल्छ, चलेकै छ! देशलाई चलाउने होईन , देशलाई त बनाउने पो हो त खुफिया लठ्ठुहरु.,!

के गर्नु जति गाली गरे पनि , जति सरापे पनि हाम्रा फटाहा राजनैतिक बाँदरहरु सुध्रिनेवाला छैनन् ! बरु बाँगिएको कुकुरको पुच्छर यी यसरी सीधा हुन्छ, हाम्रो सरकारका बेईमानी गधाहरुलाई नैतिकताको वासिङ मेसिनमा हालेर बटारेर ,निचोरेर र छुप्छुप्याएर जति पखाले पनि इमानदार गाई कहिल्यै बनाउन नसकिने भो!