जन्मदिन बिशेष: नायिका र ब्यबसायीपछि समाजसेवी परिचय बनाउँदै स्वेता खड्का

आफ्नै जीवनमा आएको प्रलयकारी भूकम्प संभाल्दै गर्दाको अवस्थामा देशमा आएको महाप्रलयकारी भूकम्पपस्चात श्रीकृष्ण श्रेष्ठको जन्म जिल्ला सिन्धुपाल्चोकको एउटा सीमांकृत जाती माझी समुदाय झन्डै दुई बर्षसम्म पनि बासबिहिन अवस्थामा रहन वाध्य हुन परेको देखेर सो समुदायमा ५४ परिवारका नीजि आवास र एउटा संस्थाको सम्पर्क कार्यालय सहित ५५ घरको एकीकृत बस्ती बनाउने कार्यमा सो समुदायकी एउटी बुहारीको रुपमा जुटेपस्चात चर्चित नायिका र सफल ब्यबसायीपछि समाजसेवी परिचय थपिन पुगेको छ स्वेता खड्काको नाममा ।

दिबंगत नायक श्रीकृष्णकै जन्म जिल्लाको इन्द्राबती नदी किनारमा अबस्थित ठूलो सिरुबारीको माझी गाउँकाहरु भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जीवन यापन गर्न वाध्य माझी परिवारको लागि “स्वेता-श्री फाउण्डेशन” मार्फत अभिनेत्री स्वेता खड्का करीब १७ रोपनी जग्गामा एकीकृत बस्ती बसाउने अभियानमा लागि परिन् । यो त्यही नदी हो जस्को नामबाट नै चर्चित फिल्म “अबिरल बग्दछ ईन्द्रबती” निर्माण भएको थियो ।

स्वेता खडका र श्रीकृष्ण श्रेष्ठको नाममा खोलिएको र अभिनेत्री स्वेता खड्काको अध्यक्षतामा सञ्चालन भएको “स्वेता-श्री फाउण्डेशन” ले भूकम्पले भत्काएको ‘माझी बस्ती’ निर्माण गर्नुलाई पहिलो उदेश्य बनाएको छ । सरकारी झन्झटिलो प्रकृया र निर्माणाधिन बस्तीका केही भाग बाढीका कारण भत्किनु जस्ता कारणले गर्दा बस्ती हस्तान्तरण कार्यमा ढिलाई भएको हो । सरकारी झञ्झटिलो प्रक्रियाले आवास अनुदान आउन ढिलाइ भएको र कानुनी जटिलताले बैंकबाट भूकम्पपीडितले पाउने सहज कर्जा प्रवाहमा समस्या उत्पन्न भएपछि निर्माणाधीन बस्ती विकासको काम नरोक्न नायिका स्वेता खड्काले आफ्नै घर सहकारीमा धितो राखेर २० लाख रुपैयाँ बस्ती विकासमा लगाएकी छिन् ।

माझी बस्तीलाई होमस्टे गाउँ बनाउने र गाउँका युवालाई सीपमूलक तालिम दिएर स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष छ परियोजनाको ।

एक खुट्टा गुमाएका सिन्धुपाल्चोक माझी बस्तीकै २८ बर्षिय टीकाराम माझीलाई देखेपस्चात उन्लाई कृतिम खुट्टा हालिदिएर नयाँँ जीवन दिएपछि पहिला स्वेता म्याडम भन्ने गरेकोमा आफ्ना लागि स्वेता खड्का भगवान नै भएको भन्दै टीकारामले स्वेतालाई अब दिदी भन्न शुरु गरेका छन ।

भक्तपुरमा मजदूरी गरेर जिबिकोपार्जन गर्ने मीना बलकी १९ बर्षीया छोरी सृजना बलको पेटको आन्द्राको क्यान्सर भएको थियो । माझी समुदायको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेको थाहा पाएर मीना स्वेतालाई भेटन दरबार मार्गस्थित उन्को हिमालयन जाभा कफी सपमा पुगिन । एक घण्टा आफ्नो पीडा पोख्दै उनी स्वेताको सामू रोइन । उन्को पीडादायक रोदनले कोमल मनकी स्वेताको मन भित्रभित्रै धेरै रोयो । स्वेताले आँफैलाई सम्झिन किनकि मीनाको पीडासंग स्वेताको पीडाको भावनात्मक सम्बन्ध थियो । त्यसैले उन्ले “स्वेता-श्री फाउण्डेशन” को तर्फबाट सक्दो सहयोग गर्ने बचन दिंदै सृजनाकी आमा मीनालाई सृजनाको उपचारार्थ पचास हजार रुपैयाँ हस्तान्तरण गरिन् ।

भक्तपुर अस्पतालमा ठुलो आन्द्रामा भएको क्यान्सर उपचार गराइरहेकी सृजनाको सहयोग गर्न स्वेताले सबैलाई अपिल समेत गरिन् । हाल उन्को किमो चलिरहेको छ ।

“यस्तो बेलामा पैसाभन्दा साथको जरुरत पर्दछ । मेरो त सानो सहयोग मात्रै हो, सहयोगको लागि म आफ्नो कमाइबाट केही कटाउँछु । सबैले गर्यो भने असंभब केही छैन । मात्र मन चाहिन्छ ।”– स्वेता बताउँछिन । उनी थप्छिन, “कलाकार भए सबैले सहयोग गर्छन, तर बिचरी मजदूरी गर्ने उन्लाई सहयोग कस्ले गर्ने? सहयोग सबैलाई गर्नु पर्दैन, तर सही ठाउँमा गर्दा सहयोग खेर जाँदैन ।”

स्व. श्रीकृष्ण श्रेष्ठको जन्मदिनको दिन नायिका स्वेताले चण्डोलस्थित ‘घर-आँगन नेपाल’आश्रमका अनाथ बालबालिकाहरुलाई आवश्यक जाडोका लुगा, ब्ल्याङ्केट, बेड कभर एवम् अन्य आवश्यक सामग्रीहरु प्रदान गर्दै दिन उनीहरुका साथमा बिताइन् । भूकम्पमा आमाबाबु गुमाएका बालबालिकालाई सहयोग गर्ने उद्धेस्यका साथ उनले ‘कोहिनूर’को च्यारिटी शो पनि गरिन । यसरी नायिका स्वेता खड्का चलचित्र र आफ्ना बिभिन्न ब्यबसायका कारण व्यस्त जीवनलाई “स्वेता-श्री फाउण्डेशन” मार्फत बिभिन्न सामाजिक कार्यमा लगाएर अरु ब्यस्त बनाउँदैछिन जुन उन्को बर्तमान जीवनको उद्धेस्य हो र यस्मा उनी खुशी छिन् । उनी सुखी रहुन – हार्दिक शुभेच्छा!!! र स्वेताको पल प्रतिपल यस्तो सुखका साथ बितोस कि उनी अरुको खुशीको श्रोत र सुखमय जीवन यापनको प्रेरणादायी ब्यक्ति बन्न सकून – उन्को जन्मदिनको उपलक्षमा बिशेष शुभेच्छा!!!   – रामकुमार श्रेष्ठ

सामग्री १: श्रीकृष्णकै जन्म जिल्लामा माझी समुदायका लागि नमुना बस्ति बनाउदै स्वेता खडका
सामग्री २: सामाजिक कार्यमा अग्रसर स्वेताद्धारा क्यान्सर पिडित युवतीलाई सहयोग