नेपाली मूलका भारत्तोलक बाबुछोरालाई अमेरिकामा स्वर्ण तथा कास्य पदक

विजय थापा,

अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ भने उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ ।

स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने रुप कार्कीका छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गत डिसेम्बर १५ मा सम्पन्न प्रतियोगितामा बुवा छोरा संगैले पदक घर ल्याएका छन् । पावर लिफ्टिंग युएसएपीएल नामक प्रतियोगितामा रुप कार्कीलेले आफ्नो वजन समूहमा प्रथम स्थान तथा खुला वर्ग प्रतियोगितामा कास्य पदकमा चित्त बुझाएका छन् ।

छोरा रुपेश कार्कीले कास्य पदक जित्न सफल भएकोमा निकै हर्षित भएका छन् । नले आफ्नो उमेर समूहमा पदक जितेका हुन् । भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् ।

अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् । छोरा रुपेश बाबुलाई पछ्याई रहेका छन् ।