श्रीमतीको वियोगमा मार्मिक दोहरी घम्साघम्सी ‘काली पारे दाइ’ भाकामा गीता संग टक्करमा परे नीलमणि (मार्मिक भिडियो सहित)

स्कटनेपाल युके,

लोक तथा दोहोरी गित संगीतमा निरन्तर लाग्नु भएका सुमुधुर स्वरका धनि कलाको खानी बहु प्रतिभाशाली स्कटनेपाल रोधीघर प्रस्तोता ”नीलमणी भण्डारी” साथै सहकर्मी प्रमिला राइको सहकार्यमा तैयार पारिएको बिशेस प्रस्तुति ‘स्कटनेपाल रोधीघर’ स्कटनेपाल डट कम मार्फत निरन्तर दर्शक स्रोता हरुको माझ पुराउने कोशिस स्कटनेपालले गरेको छ । यस रोधीघरमा बिशेष गरेर जो कलाकार कला गलाको प्रतिभा हुदा हुदै पनि ओझेलमा पर्नु भएको छ उहाहरुको लागी ढोका खोल्ने बाटो देखाउने जमर्को पनि गरेको देखा परेको छ । प्रस्तोता लोक दोहरी गायक निलमनी भण्डारी यस स्कटनेपाल रोधीघरको निरन्तर रुपमा संचालन गर्दै आउनु भएको छ ।

नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखिनै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्।

तेस्तै आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर” दोहरी घम्सा घम्सी आजको ‘काली पारे दाइ’ एकदमै मन छुने भाकामा निलमनी भण्डारी, गीता रोका र प्रमिला राइको मिठो सुमुधुर स्वरमा प्रस्तुत गरिएको दोहरी घम्सा घम्सी तलको भिडियोमा हेर्न सक्नु हुनेछ !

हेरौ उक्त भिडियो :

को हुन् निलमनी भण्डारी उनकै आफ्नो शब्दमा,
जन्मस्थान् भोजपुर दिँङ्गला, पिताको नाम बिष्णु प्रसाद भण्डारी माताको नाम रण कुमारी भण्डारी, जन्मेको सात महिनामा पोलियो रोगका कारण अपांग जिवन् बिताइरहेको छु, मेरा दूबै खुट्टा र एउटा बायाँ हात पूर्ण रुपमा चल्दैनन्, विगत २०५८ साल देखि साँगितिक छेत्रमा लागिरहेको छु, मेरा अहिले सम्मका गिति एल्बम हरु:- मायाँ गाँसेर, चारतिरै बास्ना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म, खोयाविर्के, अब बजारमा आउने क्रममा रहेका एल्बम हरु :- म चिन्दिन भने, र अपाङ्ग जिवन।

पेशागत रुपमा काठमाण्डौका दोहोरी साँझ हरुमा ८ वर्ष गीत गाएँ, म पुर्वको मान्छे भएपनि पश्चिमे दोहोरी गीत गाउँछु, २०६२ सालमा बुटवलको औद्योगिक प्रदर्शनी मेलामा दोहोरी गीत प्रतियोगिता गरिएको थियो, त्यस बखत अहिलेकी चर्चित गायिका बहिनी देवि घर्ती दोस्रो र म प्रथम पुरस्कार जित्न सफल भएको थिएँ। नेपालमा भएका धेरै दोहोरी प्रतियोगितामा म प्रथम् भएको छु, त्यस बखत अहिलेको जस्तो युट्युब च्यानल र हरेक सामाजिक सञ्जाल भइदिएको भए आज म लाखौँ दर्शक र श्रोताको मन् मुटुमा बस्न सफल हुन्थेँहोला।तर बिडम्बना नै भन्नुपर्छ मैले गित सँगितको छेत्रलाई निरन्तरता दिन सकिन, कारण थियो आर्थिक अभाब् र मेरो शारिरीक अबस्था। हाम्रो यति सानो देशमा ३२ लाख अपाङ्ग हरु छौँ, त्यो ३२ लाख अपाङ्ग मध्येमा एक म पनि पर्छु, म जस्ता कति अपाङ्ग दाजुभाई दिदीबहिनीहरु आफ्नो प्रतिभा लाई गुम्स्याएर बसेका होलान् तिनिहरुको पिडा कसले बुझ्छ। म त छक्क परेको छु, अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रचलन हाम्रो

देशमा मात्रै हो कि अरु देशमा पनि छ कुन्नि? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गित गाएका र म सँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाईसकेका साथिहरुले मलाई नचिन्दा चाहीँ साह्रै दुःख लाउँछ। दुई चार ओटा एल्बम निकाल्दैमा र दुई चारओटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्ने हरुलाई मेरो भन्नु केही छैन। कहिले काहीं त यस्तो लाग्छ, मेरो कलाले यो साँगितिक जगतमा एउटा सानो स्थान सम्म नपाउँदा म किन नेपाल जस्तो गरिब देशमा जन्मेछु। तर यो देशका मान्छे हरु जति नै स्वार्थी भएपनि मलाई मेरो देश नेपाल नै प्राण भन्दा प्यारो लाग्छ, र ति स्वार्थी मान्छेहरुप्रति दया लागेर आउँछ। म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु साहित्य प्रति पनि मेरो झुकाब भएको कारणले गर्दा मेरो जिवनी त्यहि पुस्तकमा लिएर चाँडै आउँदैछु,

अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु, गित संगीत र साहित्यलाई सँग सँगै अगाडी बढाउने प्रयासमा छु, हेरौँ समयले कहाँ पुर्‍याउँछ। र मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाँग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ, त्यसैगरी भोटेकोशीमा बञ्जिजम् गर्ने इच्छा छ, तर यो सबै गर्नको लागी तघारो बनेको छ, मेरो गरीबी। त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजू भाई दिदी बहिनी हरु सँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णँविराम दिएँ।

Leave a Reply

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.