अमेरिकामा बस्दै आएका सर्जक सतिस अधिकारीको उत्कृष्ट शब्दमा बन्यो यस्तो देउसी भैलो गीत

नेपालीहरुको दोश्रो महानपर्व शुभ दिपावलीको हार्दिक शुभकामना सहित चर्चित गायक रोशन कुताल क्षेत्री र गायिका सान्ति सुनारको सुमधुर आवाजमा रोशन कुताल क्षेत्रीको रमाईलो देउसी भैलो गीत “लाहुरे दाई”बजारमा आएको छ।अमेरिकामा बस्दै आएका प्रतिभासाली सर्जक तथा एस थ्री के इन्टरटेनमेन्टका संचालक सतिस अधिकारीको शब्द र रोशन कुताल क्षेत्रीको लयमा रहेको उक्त देउसी भैलो गीतमा अभिनय भने रिना थापा मगर र श्री प्रसाद थापा “लाहुरे दाई”को रहेको छ।गीतलाई एस थ्री के इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।भिडियो निर्देशन भने शिब बिकले गरेका हुन्।शम्भु चालिसेको छायांकन र रबिन बिकको सम्पादन रहेको भिडियो यो बेला निकै चर्चामा छ ।
भिडियो सहित :