कंचनपुर बलात्कार र हत्या प्रकरणमा रबि लामिछाने बाट भर्खरै आयो यस्तो जानकारी (भिडियो सहित )

कञ्चनपुर भीमदत्त नगरपालिका २ की १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे थप अनुसन्धान गर्न प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।निर्मलाकी साथी रोशनी र उनकी दिदी अनिता बमलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेतीले बताए।
गृहकार्य गर्न भन्दै निर्मला गत साउन १० गते बमको घर गएकी थिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव साउन ११ गते उखुबारीमा फेला परेको थियो।

निर्मलाको बलात्कारपछि हत्या अभियोगमा यसअघि प्रहरीले भीमदत्त नपा १९ का ४१ वर्षिय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजानिक गरेको थियो। मानसिक अवस्था गुमाएका बिष्ट घटनाका दोषी नभएको भन्दै स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन्। प्रहरीले वास्तविक दोषी पहिचान गर्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ। यसै बीचमा पत्रकार रबि लामिछाने उक्त ठाउँमा गएर त्यहाको अवस्थाको बारेमा जानकारी दिरहेका छन् । भर्खरै आएको ताजा लाइभ भिडियो तल हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=KXeFASdiBbg]