के गदै छन रबि लामिछाने कञ्चनपुर पुगेर ? के अब बलत्कारी हत्यारा पत्ता लगाउलान त ?

कञ्चनपुरमा यतिबेला विशेष गरी ३ जनाको नाम धेरै चर्चामा छ । निलम्बित एसपी डिल्लीराज विष्ट अनि उनीसँगै जोडिने रोशनी र अनिता बम । कञ्चनपुर महेन्द्रनगरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको देखिएपछि कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परेका छन् ।

स्थानीयले हत्यामा संलग्न रहेको आशंका गरेका रोशनी बम र उनकी दिदी अनितालाई हिरासतमा लिईएको भोलीपल्टै शनिबार एसपी विष्ट निलम्बनमा परेका हुन्। अनुसन्धानमा लापारबाही गरेको छनक पाईएपछि एसपी विष्टलाई निलम्बन गरिएको गृहमन्त्रालयले जनाएको छ। अब निर्मला हत्याकाण्डको छानबिन नसकिँदासम्म उनी प्रहरीको हैसियतमा कार्यालय ढिम्किन पाउने छैनन्। छानबिनका क्रममा लापर्वाही गरेर अपराधी जोगाउने र चोख्याउने खेल खेलेको भए के गर्ने ? यो प्रश्नको उत्तर प्रहरी संगठन र सरकारले दिएको छैन ।

यी तिनै एसपी हुन् जसले, निर्मलाको हत्याराका रुपमा कञ्चनपुरकै दिलिपसिंह विष्टलाई गत सोमबार प्रस्तुत गरेका थिए। जब दिलिपसिंह विष्ट, एसपी विष्टको ठोकुवामा हत्यारा करार गरिए, त्यसपछि रणभूमिमा परिणत भएको महेन्द्रनगर बजार अझै सामान्य बनेको छैन। प्रदर्शनका क्रममा एक जनाको शाहदत र करीब ३ दर्जन घाइते हुनेगरी भएको प्रहरी दमनको दोष यतिबेला यिनै एसपीबाट निलम्बित विष्टको थाप्लोमा परेको छ ।

यसै बिच पत्रकार रबि लामिछाने पनि सोही ठाँउमा पुगेका छन । उनले सिधा कुरा जनता संग शनिबारको एपिसोड पनि त्यही पुगेर सञ्चालन गरेका छन । अनुसन्धानमा प्रहरीलाई सहगाउने भन्दै पुगेका उनि कसरी लागी परेका छन त हेरौ यो एउटा भिडियो ।
[youtube https://www.youtube.com/watch?v=i85sQPFopUs]