छाता ओझेल पारी देउ बर्घे झरीमा.. पुरानो भाका यसरी रसाय आखा (दोहरी घम्सा घम्सी भिडियो)

काठमाडौँ,
नेपाली संगीत नेपालको मौलिक संगीत हो। नेपालमा शास्त्रीय संगीतको सुरुवात लिच्छवीकालदेखि नै भएको पाइन्छ । लोक संगीत, शास्त्रीय संगीत, आधुनिक संगीत, पप संगीत, रक संगीत आदि प्रकारका संगीत नेपालीमा पनि सुन्न पाइन्छन्। यस्तै लोक संगीतमा निरन्तर लागि रहेका लोक दोहरी गायक निलमनी भण्डारी लगायत सहकर्मी गायिका प्रमिला राइ आजको लोक दोहरी बिशेष प्रस्तुती स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभाव हरुको लागि एकदमै मनोरंजनले भरिएको कार्यकर्म ”रोधीघर लाइव” मा राम प्रसाद खनाल जी को पुरानो भाकामा दोहरी घम्सा घम्सी लिएर आउनु भएको छ। गायक / पत्रकार राम प्रसाद खनालजी को पुरानो भाकामा ”छाता ओझेल पारी देउ बर्खे झरिमा” लोक दोहरी गायिका मनु रोका मगर र निलमनी भण्डारी साथमा पर्मिला राइको मिठो स्वरमा सुन्नुहोस् !

राम प्रसाद खनाल

राम प्रसाद खनालजीको मेसेज सहित

एउटा फरक प्रसङ्ग आज :
मैले यि प्रतिभाशाली भाई निलमणि भण्डारीलाई प्रत्यक्ष देखे भेटेको छैन किन कि जुन बेला म नेपालको लोक दोहोरीको बिकास अभियानमा पूर्व मेची देखी पश्चिम महाकाली सम्म सक्रिय थिएँ निलमणी भाई यो क्षेत्रमा हुनुहुन्नथ्यो । मलाई फोनमा स्कटनेपालका संचालक टिकाजीले भन्नु भए अनुसार नयाँ र राम्रो प्रतिभा हुनुहुन्छ निलमणीजी । स्कटनेपालको च्यानल मार्फत मैले वहाँ का केही प्रस्तुति हेरेँ । भाई तपाईं शारीरिक रुपमा केही कमजोर भए पनि आफुलाई कमजोर नठान्नुहोला । मैले देखें तपाईंमा लोक दोहोरीका लागि चाहिने उर्जा र शक्ती छ । छाडा, नाङ्गा, भुतुङ्गाहरुले नेपालको लोक दोहोरी मात्र होइन लोक संस्कृती सबै झर्याम झुरुम पार्दै गरेको बेला तपाईंको आगमन शुभ सँकेत हुन सकोस मेरो शुभकामना । क्षणिक ताली र हा हु का लागि होइन लोकको मन जित्न यसै गरेर सभ्य भाषामा सभ्य तरिकाले गीतहरु गाउँदै जानुहोला । अरु भाई बहिनीहरुलाई पनि प्रोत्साहित गर्दै जानुहोला । शुरु शुरुका कार्यक्रममा कमी कमजोरी हुनु स्वाभाबिक छ । छायाँकन देखी प्रस्तुति र साउन्ड सम्म सुधार गर्न सकिने धेरै कुरा बाँकी छन । सुधार गर्दै जानुहोला ।कत्ति पनि नमात्तिनुहोला । मात्तिँदा, आफ्नो हैसियत बिर्सिँदा, आफ्ना अग्रज र आफुलाई लोक दोहोरी गायक गायिका बनाउने, प्रेरणा दिने, चिनाउनेहरु बिर्सिँदा कयौँ त्यस्ता गायक गायिका आफै गुमनाम हुँदै गएको पनि हामीले देखेकै छौं । तपाईंको भबिस्य उज्ज्वल छ । तपाईंलाई हाम्रो सधैंब साथ रहनेछ । तपाईंको जय होस ।
यो दोहोरीमा तपाईंलाई साथ दिएकी गीता र प्रमिला यि दुबै बहिनीहरुलाई पनि उनिहरुको शालीन शब्द एबम प्रस्तुतिका लागि मुरी मुरी धन्यवाद । हो यस्तो हुन्छ दोहोरी । अरुले पनि यसबाट शिक्षा लिन सकुन । जय लोक दोहोरी, जय लोक संस्कृती !

निलमनी भण्डारी


को हुन् निलमनी भण्डारी उनकै आफ्नो शब्दमा,

जन्मस्थान् भोजपुर दिँङ्गला,पिताको नाम बिष्णु प्रसाद भण्डारी माताको नाम रण कुमारी भण्डारी,जन्मेको सात महिनामा पोलियो रोगका कारण अपांग जिवन् बिताइरहेको छु,मेरा दूबै खुट्टा र एउटा बायाँ हात पूर्ण रुपमा चल्दैनन्, विगत २०५८ साल देखि साँगितिक छेत्रमा लागिरहेको छु, मेरा अहिले सम्मका गिति एल्बम हरु:- मायाँ गाँसेर, चारतिरै बास्ना छरेर, कुहिरो लाग्यो, अभागीको कर्म, खोयाविर्के, अब बजारमा आउने क्रममा रहेका एल्बम हरु :- म चिन्दिन भने,र अपाङ्ग जिवन।

पेशागत रुपमा काठमाण्डौका दोहोरी साँझ हरुमा ८ वर्ष गीत गाएँ, म पुर्वको मान्छे भएपनि पश्चिमे दोहोरी गीत गाउँछु, २०६२ सालमा बुटवलको औद्योगिक प्रदर्शनी मेलामा दोहोरी गीत प्रतियोगिता गरिएको थियो, त्यस बखत अहिलेकी चर्चित गायिका बहिनी देवि घर्ती दोस्रो र म प्रथम पुरस्कार जित्न सफल भएको थिएँ। नेपालमा भएका धेरै दोहोरी प्रतियोगितामा म प्रथम् भएको छु, त्यस बखत अहिलेको जस्तो युट्युब च्यानल र हरेक सामाजिक सञ्जाल भइदिएको भए आज म लाखौँ दर्शक र श्रोताको मन् मुटुमा बस्न सफल हुन्थेँहोला।तर बिडम्बना नै भन्नुपर्छ मैले गित सँगितको छेत्रलाई निरन्तरता दिन सकिन, कारण थियो आर्थिक अभाब् र मेरो शारिरीक अबस्था। हाम्रो यति सानो देशमा ३२ लाख अपाङ्ग हरु छौँ, त्यो ३२ लाख अपाङ्ग मध्येमा एक म पनि पर्छु, म जस्ता कति अपाङ्ग दाजुभाई दिदीबहिनीहरु आफ्नो प्रतिभा लाई गुम्स्याएर बसेका होलान् तिनिहरुको पिडा कसले बुझ्छ। म त छक्क परेको छु, अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रचलन हाम्रो

देशमा मात्रै हो कि अरु देशमा पनि छ कुन्नि? सँगै सङ्घर्ष गरेका एउटै स्टेजमा गित गाएका र म सँगै मेरो कोठामा बसेका अहिलेका राष्ट्रिय कलाकारको उपाधि पाईसकेका साथिहरुले मलाई नचिन्दा चाहीँ साह्रै दुःख लाउँछ। दुई चार ओटा एल्बम निकाल्दैमा र दुई चारओटा देश घुम्दैमा आफूलाई यो संसारकै सबैभन्दा ठूलो कलाकार ठान्ने हरुलाई मेरो भन्नु केही छैन। कहिले काहीं त यस्तो लाग्छ, मेरो कलाले यो साँगितिक जगतमा एउटा सानो स्थान सम्म नपाउँदा म किन नेपाल जस्तो गरिब देशमा जन्मेछु। तर यो देशका मान्छे हरु जति नै स्वार्थी भएपनि मलाई मेरो देश नेपाल नै प्राण भन्दा प्यारो लाग्छ, र ति स्वार्थी मान्छेहरुप्रति दया लागेर आउँछ। म एउटा पुस्तक प्रकाशन गर्ने क्रममा छु साहित्य प्रति पनि मेरो झुकाब भएको कारणले गर्दा मेरो जिवनी त्यहि पुस्तकमा लिएर चाँडै आउँदैछु,

अहिले त्यही पुस्तकको लेखन कार्यमा आफ्नो समय खर्चिरहेको छु, गित संगीत र साहित्यलाई सँग सँगै अगाडी बढाउने प्रयासमा छु, हेरौँ समयले कहाँ पुर्‍याउँछ। र मेरो अर्को चाहना भनेको मैले चढ्ने चारपाँग्रे स्कुटरको बायाँपट्टिको चक्कामाथि बसेर एउटै हातले र एउटै ब्रेकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्ने इच्छा छ, त्यसैगरी भोटेकोशीमा बञ्जिजम् गर्ने इच्छा छ, तर यो सबै गर्नको लागी तघारो बनेको छ, मेरो गरीबी। त्यसैले देश विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा दाजू भाई दिदी बहिनी हरु सँग सहयोगको अपिल गर्दै मेरा दुई शब्दलाई यहीँ पूर्णँविराम दिएँ। जय होस्।।।।।।