अशोक दर्जी लाइ यिनी चेलीले यस्तो सम्म गर्न भ्याईन ! के होला त दर्जीको सपना साकार !! को हुन् यिनी ? (भिडियो सहित)

स्कटनेपाल युके,

बिगत १० बर्ष देखि बेलायतमा बस्दै आएकी सर्मिला पछाई सामाजिक सेवी पनि हुन् | बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक चोइस उपाधि विजेता पनि उनी हुन्। समय समयमा सामाजिक संजाल मार्फत निकै चर्चामा पनि आउदै गर्नु भएको छ। सर्मिला आफुलाई सामाजिक सेवीको नाममा जोड्दा जोड्दै एक नव गायिका पनि हुनु हुन्छ। अहिले भर्खरै रिलिज भएको उनको आफनै युटुब बाट कभर गीत ”कुसुमे रुमाल’ सार्वजनिक भएको छ । अहिले उनले गरेका सामाजिक कार्य हरु उनकै फेसबुक वालमा देख्न सकिन्छ ।

सर्मिला पछाई एक सामाजिक सेवी लगायत गित संगीतमा भरपूर्ण मनोरंजन लिने गर्छिन । पछिल्लो समयमा उनले गरेको सामाजिक सेवा जलजला परियार अभियान पछी उनले अहिले सामाजिक संजाल मार्फत भाइरल भएका अशोक दर्जीको लागि पनि अभियान चलाई थोरै धेरै रकम संकलन गर्न लागेकी छन् ।

हेरौ उक्त भिडियोमा उनले सुरु गरेको अभियान लाइव भिडियो जस्ताको तस्तै !

दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार उपचार सहयोगको लागि पछिल्लो समयमा विश्वभरी बाट नेपाली हरुले जलजला अभियान मार्फत धेरै सहयोग गरेका थिय । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचार सफल भए पछी अहिले उनको स्वास्थमा धेरै सुधार आएको छ । जलजला परियार अभियान चलाई बेलायतमा बस्दै आएकी सर्मिला पछाई थापा पनि बिभिन्न सहयोगी मन हरु बाट आएको सहयोग रकम हस्तान्तरण को भिडियो सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको थियो तल हेर्न सक्नु हुन्छ।
हेरौ उक्त भिडियोमा सहयोगी मनहरुको नामावली सहित संकलन रकम हस्तान्तरण भिडियो !