यी हुन् मृगौलाको पत्थरीबाट छुट्कारा दिने ७ खानेकुरा (भिडियो सहित)

हाम्रो खानपान र सहनसहनले गर्दा पछिल्लो समय बिभिन्न रोगहरु बढ्दै गएका छन् । त्यो मध्ये मृगौलाको रोग पनि हाम्रो खानपान र जीवनशैलीकै कारण थपिन्छ । मृगौला फेल देखी मृगौलाको पत्थरी नै मृगौला रोगका समस्या हुन् । खानपान तथा बानीब्यवहारले मृगौलाको पत्थरी हुने गर्छ । जुन निकै पिडादायी पनि हुन्छ । तर पत्थरीलाई शल्यक्रियामार्फत सजिलै निकाल्न पनि सकिन्छ ।
दैनिक जीवनमा हामीले खाने खानेकुराहरुका कारण मृगौलाको पत्थरी कम गराउने मात्र होईन यदी भईहाल्यो भने पनि त्यसलाई हटाउन मद्दत पुग्छ । नुन र अन्य खनिज पदार्थ एकआपसमा सम्पर्कमा आएपछि पत्थरी बन्छ । पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ । मृगौलाको पत्थरी कम गर्ने खानेकुराहरु यसप्रकार रहेका छन् ।
केरा
नियमित रुपमा केराको सेवन गर्नाले मृगौलाको पत्थरीबाट छुटकारा दिन्छ । यसमा हुने भिटामिन बी ६ ले अक्जेलेट क्रिस्टल बन्नबाट रोक्छ र स–साना ढुंगालाई टुक्रा पार्छ । भिटामिन बीको १ सय देखि १ सय ५० मिलिग्राम दैनिक रुपमा सेवन गर्नाले मृगौलाको पत्थरीबाट राहत मिल्छ ।
अंगुर
अंगुुरले प्राकृतिक मूत्रबबर्द्धकको रुपमा कार्य गर्ने भएकाले यसले मृगौलाको पत्थरी निको पार्न महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबर्द्धकको काम गर्छ ।
अनार
अनारको बियाँ र रसमा भएको टर्रोपनका कारण मृगौलाको पत्थरीमा प्राकृतिक औषधिको काम गर्छ । अनार किफायती र असरदार पनि हुन्छ ।
तितो करेला
करेला निकै तितो हुने हुनाले यसलाई निकै कम मानिसले मात्र मन पराउँछन् । तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ ।
बेथेको साग
मिर्गौलाको स्टोन निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ । यसो गर्नाले मृगौलाको पत्थरी निको हुन्छ ।
निम्बुको रस
जैतुनको तेलका साथ निम्बुको रस मिसाएर सेवन गर्नाले मृगौलाको पत्थरीलाई निको पार्छ । निम्बुको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ ।
तुलसी
तुलसी सबैजसो बिरामीका लागि लाभदायक मानिन्छ । तुलसीका चियाले मृगौलाको पत्थरीबाट छुटकारा पाउन सहयोग मिल्छ । कम्तिमा एक महिनासम्म तुलसी चिया पिएमा पत्थरी पिसाबबाट निस्कन्छ ।