हेर्नुहोस् यस्तो छ पुष्कल शर्माको गाउँ, जहा मोबाईल र इन्टरनेट चल्दैन (भिडियो)

पुष्कल शर्माको घर पाल्पाको जोर्तेमा छ । जोर्ते बजारमा सहजै रुपमा मोबाईल र इन्टरनेटको प्रयोग गर्न सकिदैन । जोर्ते पाल्पाको यस्तो ठाउँ हो जहा पश्चिम नेपालका धेरै जिल्लाहरुमा जाने बसहरु रोकिन्छन् । खाजा खानका लागी रोकिने बसका यात्रुहरुले घर परिवारलाई जानकारी दिन परेमा कुनै पनी माध्यम छैन, केही घरमा राखिएका सिडिएम्ए फोनहरु मार्फत उनीहरुले सम्पर्क गर्न सक्छन् । इन्टरनेट चलाउन परेमा पनि जोर्ते बजार छोडेर अल्ली पर जानुपर्ने अवस्था छ । सबैको हात हातमा मोबाईल छ तर आफूसंग भएका मोबाईल कसैले प्रयोग गर्न सक्दैनन् । नेपाल टेलिकम र एनसेलका कुनै पनि सिमले जोर्ते बजारमा काम गर्दैन । लोकप्रिय गायक पुष्कल शर्माको परिवार पनि जोर्तेमा रेष्टुरेन्ट व्यवसाय गरेर बसेको छ । हेर्नुहोस् यस्तो छ पुष्कल शर्माको गाँउ र स्थानीयहरुको भनाई ।