बाजाको तालमा रमाउँदै पोखरा सरसफाई, फोहोर गर्नेलाई वडाध्यक्षले दिए यस्तो चेतावनी (भिडियो र फोटो फिचर)

सडकको एकातिर पञ्चेवाजा र अर्कोतिर नेवारी बाजा घन्कीए । लाग्थ्यो ठूलै उत्सव लागेको छ । पोखराको व्यस्त सडकमा हजारौंको संख्यामा जम्मा भएका मानिसहरु हातमा सेतो पञ्जा लगाएर कोही नेपालको झण्डा समाईरहको थिए कोही बाजा बजाईरहको थिए, कोही सडकमा देखिएको फोहोर टिप्दै थिए । नेपालकै सुन्दर नगरी पोखरा उपत्यका सरसफाईको १०० हप्ताको परिवेशमा यो दृश्य पोखरा वडा नं. ९ मा देखिएको थियो । सडक किनारमा बजेका बाजा र मानिसहको भिड हेर्दा लाग्थ्यो ठूलै कार्यक्रम हो, देशका बरिष्ठ ब्यक्तिहरु आउँदैछन् बास्तवमा त्यस्तो थिएन ।
पोखरा बृहत सरसफाईको १०० औ हप्ता पोखरा ९ मा पूर्ण सर सफाई क्षेत्र (अख्तियार चोक देखि नया बजार भू पू चौतारी सम्म) घोषणा गरिएको कार्यक्रम थियो त्यो । पूर्ण सफाई कार्यक्रमका अवसरमा पोखरा वडा नंं ९ का अध्यक्ष रामराज लामिछानेले अब फोहोर फाल्नेलाई कडा कारबाही गरिने बताउनु भयो । उहाँले फोहोर गर्नेलाई वडाबाट प्राप्त हुने सहयोग पनि रोक्का गर्ने प्रतिबद्धता समेत व्यक्त गुर्नभयो । कार्यक्रममा पोखरा अख्तियार प्रमुख काशीराज दाहाल साथै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु, पोखरा महानगरपालिका वडा नंं ९का जनसमुसदायहरुको बाक्लो सहभागीता रहेको थियो ।