पोर्चुगलबाट अनुप भुषालले मागे माफि । ईराकबाट उद्धारकालागि भुटानी चेलीको गुहार !

गएको कार्यक्रममा हामीले बपिलबस्तुकी बिनिताको परिवार लाई हाल पोर्चुगल बस्ने बपिलबस्तु बाणगंगाका अनुप कुमार भुषालले दिएको दुख देखायौ । भुषालले बिनितासंग फेसबुमा मायाको नाटक गरे । त्यहीबेला बिनिताको केही फोटोहरु राखेर उनले बिनितालाई ब्लेकमेल गर्दै उनिसँग शारीरिक सम्बन्ध कायम गरी भिडियोहरु बनाए । तर पछि बिनिताले भनेको नमानेपछि उनले बिनिताको नाममा नक्कली फेसबुक आईडी बनाई उन्का फोटो भिडियो पोष्ट गर्दै परिवारलाई आफ्नो घर खेत बेचि अन्तै सर्न बाध्य बनाए । उनले पटक पटक बिनितलाई आफले धेरै भिडियोहरु लिएको र ति भिडियोहरु युट्युवमा हालिदिने भन्दै धम्याई रहन्थे ।

यति मात्र होईन् उनि बिनिताको नक्कली एकाउन्टबाट आफुलाई भिडियो पठाउँथे र त्यो भिडियो बिनिताका आफ्न्तलाई पठाएर बिनिताले यस्तो गर्ने गरेको भनि उल्टो आरोप लगाउँथे । अहिले पनि उन्ले खिचेका र पठाएका भिडियो फोटा र फेसबुक आईडी सबै प्रमाणका लागि सुरक्षित छन् । हामीले यो बिषयमा रिपोर्टिङ गरेपछि पोर्चुगलमा रहेका पत्रकार योगेन्द्र मिलन छन्त्यालले अनुपकुमार भुषललाई भेटेर उनीसँग कुरा गरेका छन् । छन्त्यालसंगको कुराकानीमा भुषालले आफ्नो गल्ती भएको भनि माफि माग्दै आयन्त यस्तो नगर्ने बताएका छन् । पत्रकार छन्त्याल र उनिसंग गएका अन्य नेपालीहरुले भुषालाई आफ्नै अगाडी सबै भिडियो र फोटोहरु डिलिट गर्न लगाएका थिए । उनले आफुसंग मोवाईल मात्र रहेको र मोबाईलमा भएको सबै डिलिट गरेको बताए ।

अनुपकुमार भुषालले सार्वजनिक माफि माग्दै आफुले सवै भिडियो फोटो डिलिट गरेको भनेपछि हामीले बिनिताको परिवारको प्रतिकृया लिएका थियौ । भुषालले यस अघि पनि आफुहरुसंग र कपिलबस्तुको ईलाका प्रहरी कार्यालय पटक पटक माफि मागिसके पनि फेरी त्यही दोहराएको बताउँछन् । भुषालको अपराध माफिले नछोपिने भन्दै नेपाल ल्याएर कानुन अनुसार कार्वाही हुनुपर्ने बिनिताकी दिदी बताउछिन् । मंगलवार हामीले यस विषयमा रिपोर्टिङ गरेपछि पोर्चुगलको एनआरएन टिमले अनुमकुमार भुषाललाईसंग भेटेरै यस बिषयमा सोध पुछ गरेका थिए । सोधपुछ त गरे तर प्रहरीले खोजिरहेको व्यक्तिलाई सम्मान सहित भुषाले ज्यु भन्दै सोधेको नाटक गरे । एनआरएनका बरिष्ठ उपाध्यक्षे तिलक गैरेले फेसबुक लाईभमा हामीले प्रशारण गरेको रिपोर्टलाई एकतर्फी सुनेको भन्दै भुषाल ज्यु भन्दै उल्टो बिनितालाई आरोप लगाउने मौका दिए । हामीले बिनिताको नाम परिवर्तन गरेको भएपनि भिडियोमा उन्को नामनै खुलाईयो ।

पोर्चुगलबाट अनुप भुषालले मागे माफि । ईराकबाट उद्धारकालागि भुटानी चेलीको गुहार !