यस्तो छ स्व. झलकमान गन्धर्वको घर, भावुक हुँदै छोराले गाए आमाले सोध्लिन् नी … (भिडियो)

सारंगी बाधक तथा लोक गायक झलकमान गन्धर्वको घर पोखरा बटुलेचौरमा छ । २०६० सालमा उनको देहवसान भयो । उनी हाम्रो माझ नरहे पनि उनले संगीत भरेका हजारौं गीत हाम्रा माझ छन् यति मात्र होईन उनी आफैले गाएका अजम्बरी गीतहरु अहिले पनि उस्तै सशक्त छन । आमाले सोध्लिन् नी खै बाबु भन्लिन् गीत अझै पनि हाम्रो मानसपटलमा गुन्जिरहन्छ । झलकमान गन्धर्वले छोडेर गएको १५ बर्ष हुँदा पनि उनको परिवार सारंगीको संरक्षणमा अझ जुट्दै छन् । सारंगीको संरक्षण गर्नको लागी झकलमान सांरगी पाठशाला नै स्थापना भएको छ । पोखरा घुम्न आउँदा महेन्द्र गुफा जाने बाटैमा झलकमानको घर छ । उनका जेठा छोराका परिवार त्यहि बस्छन् । छोरालाई समेत बुढेसकालले छोएपछि उनले गीत गाउन सकेनन् । मात्र बाबुका संझनामा भावुक हुदै आमाले सोध्लिन नी गीतमा सारंगी रेटेर सुनाए । अर्का स्थानीय धनबहादुर गायकले भने उनै झलकमानको गीत जस्ताको जस्तै गाएर सुनाए । उनै धनबहादुर पछिल्लो समय सारंगी संरक्षणका लागी जुटिरहेका छन् । हेरौं उनै स्व. झलकमान गन्धर्वको घर जाँदा देखीएको यो दृश्यका केही अंश ः