स्कटल्याण्डको ईडन्वरा मा नेपाली नयाँ वर्ष २०७५ भव्य रुपमा सम्पन्न।

बिजय डंगोल – एडन्वरा, स्कटल्याण्ड
स्कटल्याण्डको ईडन्वरा मा नेपाली नयाँ वर्ष २०७५ भव्य रुपमा सम्पन्न।
नेपाल स्कटल्याण्ड एसोसिएसन ले मनाउदै आएको नेपाली नयाँ वर्ष २०७५, यहि २०१८, मे १५ तारिखका दिन भव्य रुपमा मनाएको छ। एडन्वरास्थित हिव्स क्लबमा आयोजित कार्यक्रममा स्थानीय, नेपाली तथा अन्य समुदायका आगन्तुकहरुको सहभागिता रहेको थियो ।


कार्यक्रमका लागि गत जनवरी देखि स्थानीय नेपाली युवायुवती तथा बालबालिकालाई हरेक बिहिबार साँझ नृत्य एवं गायनको तालिम नृत्य गुरू चरण प्रधान द्वारा गराइएको थियो । ३ वटा सस्क्रिति नृत्यसहित अन्य नृत्य तथा गायन समेतको बेजोड प्रस्तुति रहेको थियो।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य स्थानीय समुदायसँग सामिप्यता एवं आपसमा सकारात्मक दृष्टिकोण अभिवृद्धि र वर्तमान परिवेशमा स्थानीय काउन्सिल तथा प्रशासनसंग सुमधुर सम्बन्ध अगाडि बढाउन रहेको कुरा यस सस्थाका सचिव विजयमान डंगोल बताउँछन्
एस कर्यक्रम को सम्योजक सस्थाका सचिव विजयमान डंगोल र उपाध्यक्ष गोविन्द राम कन्देल ले गर्नुभएको थियो भने संस्थाका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय योगदान रहेको थियो।
उक्त नयाँ वर्ष कार्यक्रममा ईडन्वरा काउन्सिलका काउन्सलर डा. एमि तथा विभिन्न नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कर्यक्रमको पहिलो चरन सस्थाका कोषाध्यक्ष सागर के सि ले गर्नुभएको थियो र अतिथि तथा आगन्तुक हरु लाई स्वागत सम्मान संस्थाका बर्तमान अध्यक्ष निशान रिजालद्वारा गर्नुभएको थियो। शुभकामना दिने सिलसिलामा बर्तमान अध्यक्ष तथा प्रमुख अतिथी डा. एमि द्वारा सस्थाको प्रसँसा, प्रगतिका साथै सुमधुर सम्बन्ध अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो र यस बर्षको नेपाल स्कटल्याण्ड एसोसिएसनको च्यारिटि सम्मान प्राप्त गर्न सफल अल्बर्ट ह्ररिसले नेपाल र नेपाली को बारे मा आफ्ना मन्तव्य राख्नुभएको थियो।
दोस्रोचरनको सँस्कृति कार्यक्रममा नेपाली कला र सस्कृती सहित नृत्य, झाकी सहित अन्य नृत्य तथा गायन समेतको बेजोड प्रस्तुतिले २०० भन्दा बढिले भरिएको जनमानस खुसिले उर्लेका थिए।

प्रबिना खनालको प्रस्तुति अनि स्कटल्याण्डका स्थानिय बाल कलाकाहरु अबिसा, अनुस्का, अर्यसा, रबिका, अलिना, अभरिका, अदिश्रि, कृष्मा, आयूष्मा, प्रियंका, निहारिका लगायत,सँस्कृतिक नृत्यमा दिपक, सुमन, सलिन, सारिका अनि अन्य आकर्षक नृत्यमा अम्बिका, माया, अन्जलि द्वारा तथा अनुप कार्की, बिवस पाण्डेका सूमधूर गानाको प्रस्तुतिले कार्यक्रममा रौनकता बढाएको थियो भने डीजे बिवस पाण्डेका डीजेनाइटले कार्यक्रम अझ रोमान्चक बनाएको थियो।
आयोजनामा आउनुभएको सम्पूण स्कटल्याण्डवासी द्वारा कार्यक्रम अत्यन्त भव्य तथा सभ्य रुपमा सफल भएको प्रतिक्रिया व्यक्त गरेका छन्। प्रवासमा नेपालीहरुले यति धेरै राम्रो कार्यक्रम गरिनुले आफूहरुलाई अत्यन्त खुशी लागेको जानकारी पनि दिएका छन् भने नेपाल खाना उपलब्ध गराउने नेपालि जिन्जर रेस्टुरेन्टलाई धन्यवाद दिएका थिए।

यसरी स्कटल्याण्डमा रहेका नेपालीद्वारा आफ्नो परम्परा तथा संस्कृतिलाई नेपालमा जस्तै मनाउने कार्य भएकोमा र नेपाली सँस्कृतिको जगेर्ना गर्न अगाडि बढेकोमा सम्पूर्ण नेपाली समुदाय गौराम्बित भएको छ।