प्रिति ,रश्मी, र छुल्ठिमको गोल्डेनसिपमा अन्तिम शो हुदै

शिव भण्डारी,
लण्डन । नेपाली नयां वर्षको सांगीतिक धमाका लिएर नेपालबाट आएका बेली डान्सर प्रिति आले, मोडल रश्मी तामांग, नायिका छुल्ठिम गुरुंगको अन्तिम प्रस्तुति २२ अप्रिल आइतबार सांझ साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना हुंदैछ ।

नेपालबाट आएका ३ कलाकारहरुको साथमा स्थानीय मोडल तथा नृत्य कलाकार प्रतिष्ठा त्रिपाठीको प्रस्तुति रहनेछ ।

सांझ साढे ६ बजेदेखि राती अबेरसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

बेलायत आइपुगेका कलाकारलाइ सांगीतिक कार्यक्रमको माहोल जुटाएर कलाकार र नेपालीहरुको मन जित्दै आएको गोल्डेनसिपमा दर्शकको खचाखच हुने अपेक्षा गरिएको आयोजक देव गुरुङले जानकारी दिए ।

आयोजक गुरुङले सहभागिताका लागि स्थानीय सबै नेपालीहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रममा प्रवेश शुल्क १५ पाउण्ड राखिएको छ ।