मलेशिया आको ४ महिनामा पाठेघरको समस्या परे पछी यसरी चेलीले गुहार मागिन : भिडियो सहित !!

युके,
समाज सेवी शरिन ख्युङ्वा तामाङ आफ्नो फेसबुक वालमा एकदमै मार्मिक एउटा पीडित नेपाली चेलीको लागी सहयोग / आवाज उठाउनु भएको छ उहा भन्नु हुन्छ :
मलेसिया स्थित जोहरबारुको बाटु पहत भन्ने स्थानमा आको ४ महिनामा पाठेघरको समस्या भै बिरामी परेकी सिन्धुपाल्चोक माया बम्जनलाइ मलेसियामा भएका संघ संस्था साथै नेपालीहरुले उद्दार गरिदिन हार्दिक अनुरोध गर्दछु.. बिरामी माया बम्जनको फोन नम्बर 601161212965 यो बिरामी बैनिको भिडियो लाइभ फोलो गर्नु हुनेहरुले मलाइ फोलो गर्दै गर्नुहोला.. र यहाहरुले यो बैनिसङ्ग सम्पर्क गरिसके पछि सम्पुर्ण जानकारी अफ लाइन म्यासेज दिनु होला. धन्यवाद ।

थप जानकारी सहित शरिन ख्युङ्वा तामाङ भन्नु हुन्छ :
मलेसिया स्थित कार्यबाहक राजदूत बद्री कुमार कार्की ज्यु आदिवासी जनजाति महासङ्घ मलेसिया द्वारा ती बिरामी बैनी माया बम्जनलाइ छिट्टै उद्दार गरिने जानकारी दिनुभएको छ लेबिको हकमा दूतावास र महासङ्घ मलेसियाले कम्पनीमा सम्पर्क गरि निश्कर्श निकाल्ने छ दिनुपर्ने वा नपर्ने भनेर तर उनिसङ्ग उपचार खर्च नभएको हुँदा मलेसियामा रहनु हुने दाजुभाइ तथा दिदिबहिनीहरुले जे जति सक्नु हुन्छ सानो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु म बाट हुने मेरो कोशिश र पहल म अवस्य गर्नेछु भन्दै यहाँहरु सबैलाइ हार्दिक धन्यवाद भन्न चाहन्छु.