परदेशिएका कृष्णले घर देशमा रहेका चर्चित मोडल महेन्द्र गौतमको जिन्दगीलाई यसरी अटाए गीतमा

काठमाडौँ ।

नेपालको लोक संगीत बजारमा दिनानुदिन नयाँ- नयाँ गीत संगीतका म्युजिक भिडियोहरु बजारमा आउने क्रम जारी छ । यसै क्रममा गायक तथा सर्जक लोक संगीतकर्मी कृष्ण देवकोटाको नयाँ गीतिसंग्रह “माया मार्‍यो प्रदेशीले” बजारमा आएको छ ।

लामो समय नेपालको संगीत क्षेत्रमा योगदान दिँदै आएका देवकोटाले पछिल्लोपटक बजारमा ल्याएको गीतले संगीतप्रेमी नेपालीहरुको मन जित्ने अपेक्षा गरिएको छ ।

उनले यसअघि “राम्दी झरेर”, ‘आज मुग्लिन झरौ’, ‘रेसम रुमालमा’, ‘तिनाउ खोला सङै तरौला’ जस्ता अरु थुप्रै गीतहरुको पनि सिर्जना गरी बजारमा ल्याएर चर्चा बटुली सकेका छन् ।

गायक देवकोटाका गीतहरुई नेपाली संगीतका श्रोताहरुले अत्याधिक मन पराउने गरेकोले यो पटकको नयाँ कोशेली पनि लोकप्रिय हुने निर्माण समुहले बताएको छ ।

संगीतमा मस्त रहने नेपाली संगीतप्रेमी मनहरुलाई धित मर्ने गरी सुन्ने भावहरु यो गीतमा समेटिएको गायक देवकोटा बताउछन् । आफुले नयाँ बर्षको पूर्वसन्ध्यामा पाठकहरुलाई नयाँ गित हेर्ने मौका मिलाएको समेत बताएका छन् ।

यो एल्बममा देवकोटालाई सुजन पराजुलीले साथ् दिएका छन् । यो गीतमा गाउँबेशी र चौतारीले आफुलाई खोज्दै गरेको कल्पना गरिएको छ । गाउँमा रहेकी आफ्नी प्रियसीले दिन गन्दै सम्झिदै गरेको जस्ता सब्दहरु समेटिएका कारण यो गित मौलिख पनि बनेको छ ।

पछिल्लोसमय बढी नै अश्लिल खालको बन्दै गइरहेको लोक संगीत क्षेत्रमा यो गीतले मौलिकता खोज्ने प्रयास गरेको छ । दिलिप रेग्मीको निर्देशन रहेको यो गीतमा महेन्द्र गौतम र ऋचा थापाले अभिनय गरेका छन्।

कृष्ण देवकोटा आफैले लयबद्ध गरेको यो गीतको सम्पादन रबिन वि.कले गरेका छन्। यो गीतमा कृष्ण देवकोटा, सुजन पराजुली र देबी घर्तीको स्वरमा रहेको छ भने माछापुच्छ्रे म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

हेर्नुहोस् भिडियो