गायिका रितु थापा मगरको ‘रातो अविर पहेलो केशरी’ भिडियो सहित

आर पोखरेल , काठमान्डौँ –नेपाली संगितिक बजारमा स्थापित भैसकेकी गायिका रितु थापा मगरको प्रस्तुतिमा रहेको डान्सिङ लोकदोहोरी ‘रातो अविर पहेलो केशरी’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो गायिका रितु थापा मगरको आधिकारिक युटुव मार्फत बजारमा आएको छ । नेपाली म्युजिक भिडियोको बजार संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारको डान्सिङ गीत लाई आम रुपमा ल्याएको उनले बताइन । गायिका रितु थापा मगर र गायक मनोज भण्डारीको आवाजमा रहेको गीतमा प्रेमका भावहरुलाई रोचक रुपमा ब्यक्त गरिएको छ । रितु थापा मगरको शब्द सिर्जना तथा खेम सेन्चुरीले रमाइलो लय सिर्जना गरेका छन गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन । भिडियोमा दिपक विष्टले सम्पादन गरेका हुन भने काजिस श्रेष्ठ र करिष्मा ढकालले अभिनय गरेकी छन ।
हेर्नुहोस भिडियो ।